भारतीय वायुसेनाले गर्‍यो श्रीलंकामा आँधीका कारण फसेका ५७ जनाको उद्धार « Khabarhub

भारतीय वायुसेनाले गर्‍यो श्रीलंकामा आँधीका कारण फसेका ५७ जनाको उद्धार


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा आएको आँधीका कारण फसेका ५७ जनालाई भारतीय वायुसेनाले उद्धार गरेको छ । भारतीय वायुसेनाको आईएफसी १८७५ हेलिकोप्टरले ५७ जनालाई सकुशल उद्धार गरेको श्रीलंकास्थित भारतीय उच्चायुक्तको कार्यालयले जानकारी दिएको छ ।

त्यसबाहेक वायुसेनाले किगाल्ले क्षेत्रमा २.५ टन अत्यावश्यक सहायता सामग्री प्रदान पनि गरेको छ । भारतले श्रीलंकामा आएको आँधीपछि ‘अपरेशन सागरबन्धु’ नामक मानवीय सहायता अभियान सञ्चालन गरेको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उच्चायुक्तको कार्यालयले यसबारे जानकारी दिएको हो । कार्यालयका अनुसार यसरी उद्धार गरिएकाहरुमा १० जना बालबालिका पनि रहेका छन् ।

उनीहरुलाई इरुङ्गुवाटा क्षेत्रबाट उद्धार गरी मटाले क्षेत्रमा लगिएको कार्यालयले उल्लेख गरेको छ । श्रीलंकामा आएको डिटवा नामक आँधीले व्यापक बाढीपहिरो निम्त्याएको छ । जसकारण त्यहाँको जनजीवन प्रभावित भएको छ भने जनधनको क्षति पनि पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : ४५ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको