भारतीय वायुसेनाले गर्‍यो श्रीलंकामा आँधीका कारण फसेका ५७ जनाको उद्धार « Khabarhub

भारतीय वायुसेनाले गर्‍यो श्रीलंकामा आँधीका कारण फसेका ५७ जनाको उद्धार


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा आएको आँधीका कारण फसेका ५७ जनालाई भारतीय वायुसेनाले उद्धार गरेको छ । भारतीय वायुसेनाको आईएफसी १८७५ हेलिकोप्टरले ५७ जनालाई सकुशल उद्धार गरेको श्रीलंकास्थित भारतीय उच्चायुक्तको कार्यालयले जानकारी दिएको छ ।

त्यसबाहेक वायुसेनाले किगाल्ले क्षेत्रमा २.५ टन अत्यावश्यक सहायता सामग्री प्रदान पनि गरेको छ । भारतले श्रीलंकामा आएको आँधीपछि ‘अपरेशन सागरबन्धु’ नामक मानवीय सहायता अभियान सञ्चालन गरेको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उच्चायुक्तको कार्यालयले यसबारे जानकारी दिएको हो । कार्यालयका अनुसार यसरी उद्धार गरिएकाहरुमा १० जना बालबालिका पनि रहेका छन् ।

उनीहरुलाई इरुङ्गुवाटा क्षेत्रबाट उद्धार गरी मटाले क्षेत्रमा लगिएको कार्यालयले उल्लेख गरेको छ । श्रीलंकामा आएको डिटवा नामक आँधीले व्यापक बाढीपहिरो निम्त्याएको छ । जसकारण त्यहाँको जनजीवन प्रभावित भएको छ भने जनधनको क्षति पनि पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : ४५ बजे

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले