उत्तर प्रदेशमा नेपाली नागरिक आउने क्रम बढेको भन्दै भारतले ल्यायो नयाँ नियम « Khabarhub

उत्तर प्रदेशमा नेपाली नागरिक आउने क्रम बढेको भन्दै भारतले ल्यायो नयाँ नियम


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले अध्यागमनसँग सम्बन्धित नयाँ नियम जारी गरेको छ । भारतको गृह मामिला मन्त्रालयले ‘अध्यागमन तथा विदेशी ऐन २०२५’ जारी गरेको हो ।

नयाँ नियम गत सेप्टेम्बर १ देखि लागू भएको टाइम्स अफ इन्डियाले जनाएको छ । यस ऐनले अध्यागमन ब्यूरो (बीओआई) लाई थप अधिकार प्रदान गरेको छ ।

ब्यूरोले अब ठगी नियन्त्रण गर्न, राज्यका अधिकारीलाई गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न र केन्द्रीय डेटाबेस राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ नियमले नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका जिल्लाहरु पिलभित, लखिमपुर खेरी, बलरामपुर, सर्वस्ती, सिद्धार्थनगर र महाराजगञ्जमा बढिरहेको आप्रवासन रोक्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो समय उत्तर प्रदेशमा रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र व्यापारका लागि नेपाली नागरिकहरु आउने क्रम बढ्दै गएको दाबी गरिएको छ ।

अधिकारीहरुले खुला सीमाले गर्दा असामाजिक तत्वहरु, गैरकानुनी आप्रवासी, विदेशी जासुसको जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । नयाँ नियममा नेपाली नागरिक र गैरआवासीय भारतीयसहित सबै विदेशी नागरिकलाई फाराम भर्नुपर्ने व्यवस्था गरिएको समाचारमा जनाइएको छ ।

होटेल, अस्पताल, नर्सिङ होम, विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरुले विदेशी पाहुना वा विद्यार्थीको विवरण राख्नुपर्नेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ४२ बजे

सानेपामा भेला हुँदै कांग्रेस संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा