भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना « Khabarhub

भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको एआई कम्पनी ओपनएआईले भारतमा विशाल डेटा सेन्टर बनाउने भएको छ । स्टारगेट ब्राण्डको एआई पूर्वाधार निर्माण गर्नका लागि ओपनएआईले भारतलाई छानेको हो ।

हाल यस कम्पनीले भारतमा स्थानीय साझेदार खोजिरहेको ब्लूमबर्गले जनाएको छ । ओपनएआईले १ गिगावाट क्षमताको डेटा सेन्टर निर्माणको तयारी गरिरहेको जनाइएको छ ।

ओपनएआईको यस डेटा सेन्टर भारतकै सबैभन्दा ठूलो हुनसक्ने अनुमान गरिएको छ । भारतमा माइक्रोसफ्ट, अल्फबेटको गुगल कम्पनी र एशियाका धनाढ्य मुकेश अम्बानीले पनि यस्तै पूर्वाधार निर्माणका लागि भारतमा लगानी गरेका छन् ।

ओपनएआईको नयाँ परियोजना स्थान र समयसीमा भने अझै स्पष्ट भइसकेको छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले यसै महिना भारत भ्रमणका क्रममा नयाँ डेटा सेन्टरबारे घोषणा गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय भारत र अमेरिकाबीच व्यापारका विषयमा तनाव चुलिरहेका बेला ओपनएआईको नयाँ योजना सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

ओपनएआईका प्रतिनिधिले भारतमा नयाँ पूर्वाधार निर्माण गर्ने विषयमा टिप्पणी गर्न अस्वीकार गरेको ब्लुमबर्गले जनाएको छ ।

ओपनएआईले अमेरिकामा ५ खर्ब अमेरिकी डलर बराबर स्टागेट परियोजना घोषणा गरेको छ । यसका लागि कम्पनीले सफ्टबैंक र ओराकलसँग साझेदारी गरेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ८ : ४४ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले