भूकम्पबाट पीडित अफगानिस्तानलाई भारतले पठायो मानवीय सहायता « Khabarhub

भूकम्पबाट पीडित अफगानिस्तानलाई भारतले पठायो मानवीय सहायता


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले भूकम्पबाट पीडित अफगानिस्तानलाई मानवीय सहायता प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अफगानिस्तानलाई मानवीय सहायता प्रदान गरेको जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा चामल र अन्य खानेकुराका बोरा लोड गरिएका ट्रकहरु देख्न सकिन्छ । त्यसअघि भारतीय विदेशमन्त्री एस जयशङ्करले अफगानिस्तानका समकक्षी मौलवी आमिर खान मुत्तकीसँग टेलिफोनमा कुराकानी गर्दै भूकम्पप्रति दुःख व्यक्त गरेका थिए ।

विदेशमन्त्री जयशङ्करले राजधानी काबुलमा पीडितका लागि १ हजार पाल वितरण गरिएको जानकारी दिएका छन् । त्यसैगरी भारतले प्रदान गरेको थप १५ टन खानेकुरा पनि काबुलबाट कुनारतर्फ लगिएको जनाइएको छ ।

गत सोमबार अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको ननगरहार प्रान्तमा रहेको जनाइएको छ ।

भूकम्पको धक्का पाकिस्तानका विभिन्न क्षेत्रमा पनि महसुस गरिएको थियो । भूकम्पका क्रममा हालसम्म २ हजार २ सय जनाको ज्यान गइसकेको छ । उक्त

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ८ : ५८ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने