एससीओ घोषणापत्रमा आतंकवादको कडा विरोध « Khabarhub

एससीओ घोषणापत्रमा आतंकवादको कडा विरोध


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनले आतंकवादको विरोधमा कडा वक्तव्य जारी गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । एससीओका सदस्य राष्ट्रहरुले यसै वर्षको अप्रिल २२ का दिन पहलगाम क्षेत्रमा भएको आतंककारी आक्रमणको निन्दा गरेका छन् ।

उक्त आक्रमणमा एक जना नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो । सदस्य राष्ट्रहरुले घटनाका पीडित तथा परिवारजनमा गहिरो दुःख तथा समवेदना प्रकट गरेका छन् ।

सदस्य मुलुकहरुले यस्ता आक्रमणको योजना बनाउने, व्यवस्थापन गर्ने र प्रायोजक गर्नेलाई न्यायको कठघरामा ल्याउनुपर्नेमा पनि जोड दिएका छन् । सदस्य मुलुकहरुले आतंकवाद, पृथकतावाद र उग्रवादविरुद्ध लड्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

सदस्य राष्ट्रहरुले पाकिस्तानको बलोचिस्तानमा जाफर एक्सप्रेस रेलमा भएको आक्रमण र मध्यपूर्वमा चलिरहेको संकटको पनि विरोध गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि गत जुन महिनामा भारतले एससीओको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो ।

एससीओ रक्षामन्त्रीहरुको सम्मेलनमा अप्रिल २२ मा भएको आतंककारी आक्रमणबारे उल्लेख नगरिएपनि भारतले उक्त घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको हो । आतंकवादबारे कुनै पनि दोहोरो चरित्र अस्वीकार रहेको भन्दै चीनको चिङ्डाओमा आयोजित उक्त सम्मेलनको घोषणापत्र हस्ताक्षर नगरिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जनाएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : ४५ बजे

सानेपामा भेला हुँदै कांग्रेस संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा