भारतमा खाद्यान्न उत्पादनमा ऐतिहासिक वृद्धि « Khabarhub

भारतमा खाद्यान्न उत्पादनमा ऐतिहासिक वृद्धि


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा खाद्यान्न उत्पादनमा ऐतिहासिक वृद्धि भएको छ । सन् २०२५ मा भारतले कीर्तिमानी ३५ करोड ७० लाख टन खाद्यान्न उत्पादन गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।

यसलाई उनले भारतीय कृषि क्षेत्रको वृद्धिमा महत्वपूर्ण कोशेढुङ्गाको संज्ञा पनि दिएका छन् । रेडियो कार्यक्रम ‘मनकी बात’ मा कुरा गर्दै उनले पछिल्लो एक दशकमा मुलुकको खाद्यान्न उत्पादनमा १० करोड टनको वृद्धि भएको पनि उल्लेख गरे ।

यसबाट खाद्यान्नमा आत्मनिर्भर हुने दिशामा भारतले महत्वपूर्ण प्रगति गरिरहेको पुष्टि हुने उनको भनाइ छ । उनले देशका युवा र दक्ष जनशक्तिले प्राकृतिक कृषिको क्षेत्रमा सहभागिता जनाइरहेकोमा सन्तोष पनि व्यक्त गरे ।

यसअघि गत नोभेम्बर १९ मा प्रधानमन्त्री मोदीले लाभग्राहीहरुलाई तामिल नाडुको कोइम्बटोरमा प्रधानमन्त्री किसान सम्मान निधि कार्यक्रमको २१ औँ किस्ता प्रदान गरेका थिए । त्यस क्रममा उनले स्थानीय किसानसँग अन्तक्रिया गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ६ : १५ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह