गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि खुलायो भारतले « Khabarhub

गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि खुलायो भारतले


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिणी छिमेकी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि हटाएको छ ।

यससँगै भारतले नेपालका लागि दुई लाख टन गहुँ निर्यात अनुमति पनि दिएको छ । विश्वका प्रमुख गहुँ निर्यातक रूस र युक्रेनबीच युद्ध भएपछि संसारभर गहुँको मूल्य आकाशिएको थियो ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत् नेपाललाई गहुँ दिन सहमति जनाएको जानकारी दिएका छन्।

‘भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गरेको छ । नेपाल सरकार को अनुरोधमा भारतले दुई लाख टन गहुँ निर्यात अनुमति दिएको हो,’ शर्माले एक्समा लेखेका छन् ।

भारत सरकारले सन् २०२२ देखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । गहुँ र आटाको मूल्यवृद्धि रोक्न र खाद्य सुरक्षा बलियो बनाउन भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएएको थियो।

प्रतिबन्धबीच यसपहिले पनि भारतले नेपाललाई कोटासहित गहुँ खुलाइदिएको थियो । भारतले यसअघि सन् २०२३ मार्चसम्म ५० हजार टन गहुँ नेपाल पठाउने अनुमति दिएको थियो।

नेपालको उत्पादनले मात्रै बजारमा गहुँको माग नधानेपछि आयात गर्नुपर्छ । नेपालमा २१ लाख टन गहुँ उत्पादन भइरहेको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ५९ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको