अर्थसंक्षेप : गहुँ निर्यातमा लगाएको प्रतिबन्ध भारतले खुलायो, नेप्सेको आइटीमा छिद्र « Khabarhub

अर्थसंक्षेप : गहुँ निर्यातमा लगाएको प्रतिबन्ध भारतले खुलायो, नेप्सेको आइटीमा छिद्र


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणी छिमेकी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि हटाएको छ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

स्टार्टअप कर्जाको लागि आवेदन गरेकामध्ये १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट भएका छन् । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार भएको छ ।

आजका आर्थिक समाचार :

नेप्सेको आइटीमा छिद्र : कार्यालयकै कर्मचारीले सेयर बेचेको भेटियो

पुँजी बजारको नियामक निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाटा सुरक्षामाथि शंकास्पद प्रश्न उब्जिएको छ । नेप्सेकै उच्चपदस्थ कर्मचारीले युजर आइडी प्रयोग गरेर सेयर बिक्री गरेको तथ्य बाहिरिएको छ ।

नेप्सेका उच्चपदस्थ कर्मचारीले आफ्नै नाममा टीएमएस एकाउन्टबाट सेयर बेचेको पाइएको हो । यसरी कर्मचारीले डाटा प्रणालीभित्र प्रवेश गरेर कारोबार गरेपछि आम सर्वसाधारणले सेयर मार्केटमा कसरी विश्वास गर्ने र लगानी गर्ने भन्ने प्रश्न उत्पन्न भएको छ ।

गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि खुलायो भारतले

दक्षिणी छिमेकी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि हटाएको छ ।
यससँगै भारतले नेपालका लागि दुई लाख टन गहुँ निर्यात अनुमति पनि दिएको छ । विश्वका प्रमुख गहुँ निर्यातक रूस र युक्रेनबीच युद्ध भएपछि संसारभर गहुँको मूल्य आकाशिएको थियो ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत् नेपाललाई गहुँ दिन सहमति जनाएको जानकारी दिएका छन्।

‘भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गरेको छ । नेपाल सरकार को अनुरोधमा भारतले दुई लाख टन गहुँ निर्यात अनुमति दिएको हो,’ शर्माले एक्समा लेखेका छन् ।

स्टार्टअप कर्जाको लागि १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट

स्टार्टअप कर्जाको लागि आवेदन गरेकामध्ये १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमका लागि कर्जाको लागि परेका प्रस्तावमध्ये १३१४ वटा परियोजनालाई छनौट गरेको हो ।
पुस १९ वटा सूचना जारी गर्दै प्रतिष्ठानले सर्टलिस्टमा परेका परियोजनाका सञ्चालकहरूलाई प्रस्तुतीकरणका लागि बोलाएको छ । साथै, तोकिएको ढाँचामा प्रस्तुतीकरण दिनुपर्ने भन्दै प्रतिष्ठानले त्यसका लागि आवश्यक जानकारी पनि सूचनामार्फत उपलब्ध गराएको छ ।

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेप्सेमा सामान्य अंकको सुधार

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेको छ ।

आज नेप्से ०.२० प्रतिशतले बढ्दा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर कारोबार भएको छ ।

गार्डियन माइक्रोको आइपीओ आजबाट खुल्यो

गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) आज आइतबारबाट खुल्ला भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दारले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर आइपीओ मार्फत सार्वसाधरणलाई खुल्ला गरेको हो ।

सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ । पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती नगरपालिका–५ टेकानीका तरुल किसान दलबहादुर लुङ्गेलीले बताए । लुङ्गेलीले बागमती खोला बगरमा पाँच कट्ठा खेतमा तरुल लगाएका छन् ।

चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाउने भएकाले पुसको तेस्रो हप्तासम्म तरुले बेचिसक्ने योजना बनाएको उनले सुनाए । ‘तरुलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ ।’ उनले भने, ‘त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ ।’ त्यसपछि तरुलले उति राम्रो मूल्य नपाउने उनको अनुभव छ । तरुल स्वास्थ्यका हिसाबले चिसो मौसममा उपयोगी रहेकाले यस बेला व्यापार र मूल्य बढ्ने गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : ३८ बजे

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

एजेन्सी– म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न  सरकारलाई आग्रह

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी