एमालेमा प्रवेश गरेका पूर्वकानुनमन्त्री सिंहविरूद्ध पनि १८ करोड ५८ बिगोसहित भ्रष्टाचार मुद्दा « Khabarhub

एमालेमा प्रवेश गरेका पूर्वकानुनमन्त्री सिंहविरूद्ध पनि १८ करोड ५८ बिगोसहित भ्रष्टाचार मुद्दा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै भ्रष्टाचार मुद्दा लागेका तत्कालीन सरकारका कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहविरुद्ध साढे १८ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको हो ।

यस्तै तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनका छोरा सन्तोष श्रेष्ठलाई बिगो असुल उपर गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

उनीविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

एमालेमा प्रवेश गर्दै प्रेमबहादुर सिंह

पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोकको नासिकास्थान साँगामा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा खरिद गरेर बढी मूल्यमा बेचबिखन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।

माधव नेपाल प्रधानमन्त्री हुँदा कानुनमन्त्री रहेका समाजवादी जनता पार्टीका अध्यक्ष सिंह २०७८ चैत ८ गते एमालेमा प्रवेश गरेका थिए ।  उनी अध्यक्ष रहेको समाजवादी  जनता पार्टीका सबै जनसंगठन पनि एमालेमा समाहित भएका थिए ।

उनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए । त्यसबेला खारेज भइसकेको सिंहको पार्टीलाई मन्त्रालयको दिँदा विवाद भएको थियो ।

२०७८ चैतमा एमालेमा विलय हुँदै सिंहको दलका नेता कार्यकर्ता

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  २ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै