भ्रष्टाचार मुद्दा लाग्दा रौतहटमा सडक निरीक्षण गरिरहेका थिए माधव नेपाल « Khabarhub

भ्रष्टाचार मुद्दा लाग्दा रौतहटमा सडक निरीक्षण गरिरहेका थिए माधव नेपाल


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोकको नासिकास्थान, साँगा, महेन्द्रज्योतिमा रहेको पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले भूमिसम्बन्धी कानुनको उल्लंघन गर्दै हदबन्दीभन्दा बढी जग्गा खरिद र उच्च मूल्यमा बेचबिखन गरेको आरोपमा भ्रष्टाचार मुद्दा चल्दै गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गृहजिल्ला रौतहटमा व्यस्त थिए ।

बुधबार नै २०७९ मा चुनाव जितेको निर्वाचन क्षेत्र नम्बर ३ स्थित गौरमा पुगेका उनी बिहीबार हालसालै निर्माण भएको सडक निरीक्षणमा व्यस्त थिए ।

उनी सेतो पोशाकमा सजिएर सडक निरीक्षणमा खटिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा बिक्री प्रकरणमा १८ करोड ५८ लाखको भ्रष्टाचार मुद्दा चलाएको हो ।

आयोगले पतञ्जलिका नाममा खरिद जग्गा बिक्री प्रकरणमा बिहीबार १८ करोड ५८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको दिन एकीकृत समाजवादीका अध्यक्ष नेपाल गृहजिल्ला रौतहट निर्मित सडक निरीक्षणमा खटिएको फोटो उनका कार्यकर्ता रेवन्त झाले फेसबुकमा हालेका छन् ।

उनी शुक्रबार काठमाडौं आएर पार्टीको एउटा कार्यक्रममा सहभागी हुने तालिका थिए । नेपाल प्रमुख अतिथि हुने गरि शुक्रबार एकीकृत समाजवादी काठमाडौं जिल्ला कमीटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।

यता बिहीबार भ्रष्टाचार मुद्दा चलेपछि पूर्वप्रधानमन्त्री नेपाल रौतहटका सबै पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं फर्किन लागेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  २ : ५८ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी