प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ : महासचिव पोखरेल « Khabarhub

प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ : महासचिव पोखरेल


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन् ।

नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उहाँले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताए।

महासचिव पोखरेलले भने,’अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ । सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ । नेतामाथि प्रहार भइरहेको छ । यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ ।’

मूलकको समृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा सुशासन कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गरे। एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मूलक मध्ये नेपाल पहिलो नम्बरमा रहेको बताए। 

उनले मिसन ८४ सफल पार्न एमालेका प्रभावकारी कामलाई आमनागरिकमा लैजाने गरी प्रचार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले नागरिकको सोचाइ र धारणाअनुसार सूचना प्रविधिमैत्री, एआई, सामाजिक सञ्जाल, अनलाइन र मल्टी मिडियालाई प्रभावकारी प्रयोग गर्दै सत्य तथ्य जनतामाझ लैजानु पर्ने बताए। 

बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामालगायतले मिसन ०८४ सफल पार्न र पार्टी नेतृत्व तथा सरकारमाथि भएका गलत प्रचार विरुद्ध सामाजिक सञ्जाल र समाचारमार्फत प्रतिकार गर्नुपर्नेमा जोड दिए । 

दुईदिने कार्यशालाको पहिलो दिन आज पार्टी नेता विष्णु रिजालले पार्टी प्रचार र प्रविधि, मातृका पौडेलले नेपाली मिडिया र एजेण्डा सेटिङ, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले माक्सवाद र समाजवादबारे प्रशिक्षण दिने जनाइएको छ । दोश्रो दिन नेता राजेन्द्र गौतम, दिपेन्द्र श्रेष्ठ, नवराज सिलवाल, हिरामान लामा, भुवन केसी, प्रदीप ज्ञवाली, भक्तकुमारी लामाले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ४ : ०८ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले