जलवायु परिवर्तनले हिमशृङ्खला जोखिममा पारेको छ : मिनेन्द्र रिजाल « Khabarhub

जलवायु परिवर्तनले हिमशृङ्खला जोखिममा पारेको छ : मिनेन्द्र रिजाल


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनको असर हिमशृङ्खलामा परेको औँल्याए। उनले हिमालको समृद्ध देशको रुपमा रहेको नेपाल जलवायु परिवर्तनको असरले हिउँ पग्लिने र हिमताल फुट्ने खतरा रहेको बताए।

राससको तस्बिर प्रदर्शनीले नेपालका हिमशृङ्खलाका राम्रोसँग नियाल्न पाएकोमा उनले खुसी व्यक्त गरे। उनले भने, ‘नेपालमा सुन्दर हिमशृङखलाहरू छन् । सबैजना एकपटक पुग्नुपर्छ । हिमाल हाम्रो छानो नै हो । तस्बिरले हिमालको सुन्दरतालाई देखाउने प्रयास गरेको छ ।’

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेता रिजाललाई स्वागत गर्दै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्‍चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ०५ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले