बालबालिका देशको भविष्य हुन् : मुख्यमन्त्री कँडेल « Khabarhub

बालबालिका देशको भविष्य हुन् : मुख्यमन्त्री कँडेल


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका देशको भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। 

आज वीरेन्द्रनगर नगरपालिका–८ ले आयोजना गरेको वातावरणमैत्री र बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारले जिम्मेवारी बोधका साथ ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे। 

उनले भने, “बालबालिकालाई हामीले आज सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिन सक्यौँ भने मात्र भोलिको समुन्नत समाज निर्माण सम्भव हुन्छ ।” 

वातावरण संरक्षण र बाल अधिकार प्रवर्द्धनलाई परस्पर पूरक विषयका रूपमा जोड्दै स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुने मुख्यमन्त्री कँडेलले बताए। कर्णाली प्रदेश सरकारले बालमैत्री समाज निर्माणका लागि नीति, बजेट र कार्यक्रमहरूलाई प्राथमिकतामा राखी बालबालिकाको स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षित हुने अधिकार सुनिश्चित गर्दै बालमैत्री संरचना विकास ध्यान दिने मुख्यमन्त्रीले बताए। 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बाल क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ०५ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध