नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई   « Khabarhub

नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई  


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले नयाँ राजनीतिक दलहरूले देशलाई खत्तमै गरेको भन्दै पुराना दलहरूमाथि गलत आरोप लगाइरहेका बताएका छन् ।

पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले नयाँ दलहरूले उक्त गलत भाष्य निर्माण गर्न खोजेको बताए । 

‘नयाँ दलहरूले अहिले समाजमा एउटा भाष्य निर्माण गर्न खोजिरहेको छ । केही भएन, खत्तम गरे, सिध्याए, विकास त आफैँ हुने कुरा हो भनेर,’ केन्द्रीय सदस्य भट्टराईले भने, ‘कहीँ–कहीँ हामीहरू पनि त्यसमा अल्मलिएको जस्तो लाग्छ ।’

जय नेपाल फाउन्डेसन नामक संस्थाले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फाउन्डेसन’ विषयक गोष्ठीमा उनले ०४६ साल अघि र अहिलेको मुलुकको अवस्था चित्रण गरे । 

०४६ सालको परिवर्तनपछि गठन भएको जननिर्वाचित सरकारमा कोइराला प्रधानमन्त्री र वर्तमान सभापति शेरबहादुर देउवा गृहमन्त्री हुँदा २५ जिल्लाका सदरमुकामसम्म जाने बाटोसमेत नरहेको स्मरण गरे । 

‘उहाँहरू शासन सत्तामा हुँदा २५ वटा जिल्लामा पनि मोटर बाटोको सुरुवातसम्म भएको थिएन सदरमुकाम जाने,’ भट्टराईले भने, ‘आज सबै जिल्ला सदरमुकामहरूमा मोटर बाटो पुगिसकेको छ । गाउँ–गाउँमा स्कुल खुले, कलेजहरू खुले ।’

उनले ०४६ को परिवर्तन अघि पञ्चायती शासन व्यवस्था हुँदा नेपालमा एउटा पनि विश्वविद्यालय नभएको पनि गोष्ठीमा बताए ।

 ‘पञ्चायतकालभरी एउटा युनिभर्सिटीको स्थापना भएको थिएन,’ भट्टराईले भने, ‘अहिले २३ वटा युनिभर्सिटीको स्थापना भएको छ  । पढेलेखेका मान्छेहरूको संख्या पनि एकदमै धेरै भएको छ ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ४ : ३८ बजे

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको