सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय  « Khabarhub

सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले मोबाइल र सामाजिक सञ्जालको सदुपयोग गरेर पार्टीको विचारसँगै आ–आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरेकी छन् ।  

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेकी हुन् । 

‘हाम्रो हातमा मोबाइल छ, सामाजिक सञ्जाल छ । त्यसलाई प्रयोग गरौँ । त्यसलाई दुरुपयोग नगरौँ,’ सहमहामन्त्री उपाध्यायले भनिन्, ‘नेतालाई गाली गरेर दुरुपयोग गर्ने होइन, हाम्रो विचार, पार्टीको विचार र हाम्रो शक्ति, क्षमतालाई प्रदर्शन गरौँ ।’

उनले विगतमा आफूहरू विद्यार्थी हुँदा अहिलेको जस्तो मोबाइल फोन र सामाजिक सञ्जाल नभएको स्मरण गर्दै तत्कालीन समयमा पार्टीको विचार फैलाउन सडक र मञ्चहरू उपयोग गरेको पनि बताइन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ४ : ५८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष