शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली | Khabarhub Khabarhub

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गरेकी छन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गरिन् ।

सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित भएकी छन्। माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उनले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गरेकी छन् । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उनले भनिन् । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा एक करोड ५० लाख खर्च भएको उनको भनाइ छ । 

नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट २० लाख आम्दानी भएको थियो । यसपटक चौथो छिमलको ड्रागन बजारमा पुऱ्याउँदा आठ लाख ५० हजार आम्दानी भइसकेको उनले उल्लेख गरिन्। ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ ।

उनले भनिन्, ‘यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।’ आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ ।

दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उनको भनाइ छ । उनले भनिन्, ‘बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भने। यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।’

ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उनको भनाइ छ । उनले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाएका छन् । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ । 

सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ । 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : १३ बजे

एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा

नेपाली सेनाको हेलिकप्टरमार्फत काभ्रेबाट एक सुत्केरीको उद्धार

काभ्रे– जिल्लाको विकट खानीखोला गाउँपालिकाको फुलडाडाँबाट एक सुत्केरी महिलाको नेपाली

सहकारीका समितिमा रहेका शिक्षक धमाधम राजीनामा दिँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्र रहेका सहकारी संस्थाको समितिबाट

चार बुँदे माग राखेर मिटरब्याज पीडित धर्नामा (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध संघर्ष समिति नेपालले माइतीघरमा धर्ना दिइरहेका छन् ।

पल शाहको फिल्म ‘मोहर’ हेर्ने ९ दर्शकलाई ‘सुनको मोहर’ जित्ने मौका

काठमाडौं – नायक पल शाह स्टारर पाँचौँ सातामा प्रदर्शनरत फिल्म