भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पत्नीसहित अयोध्यामा « Khabarhub

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पत्नीसहित अयोध्यामा


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अयोध्या- भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र उनकी पत्नी ओम ताशी डोमासहितको भुटानी टोली शुक्रबार अयोध्या आइपुगेका छन् ।

उत्तर प्रदेशका मन्त्री सूर्य प्रताप शाहीले विमानस्थलमा भुटानी टेलीलार्ई स्वागत गरेको जनाइएको छ । प्रधानमन्त्री छिरिङ तोब्गेले अयोध्यामा श्री राम लल्ला, हनुमानगढी र अन्य मन्दिरहरूमा पूजा गर्ने कार्यक्रम छ ।

अयोध्याको आध्यात्मिक भ्रमणमा तोब्गेले बिहारको प्राचीन शिक्षामा निहित ‘नालन्दा सस्कृति संरक्षण गर्नुपर्ने बताउँदै भुटानले यसको प्रसार र संरक्षणमा आफ्नो भूमिका खेल्ने आश्वासन दिएका छन् ।

स्वागत कार्यक्रममा बोल्दै तोब्गेले नालन्दा महावीरको परम्परालाई निरन्तरता दिइ भुटानलाई राजगिरमा मन्दिर निर्माण गर्ने अवसर दिएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् ।

उनले यो ऐतिहासिक सहर राजगिर भ्रमण गर्ने अवसर दिएकोमा पनि धन्यवाद ज्ञापन गरेका छन् ।

नालन्दा विगतको विश्वविद्यालय मात्र नभई शान्ति, एकता र आध्यात्मिकताको स्तम्भ भएको जिकिर गर्दै उनले यसले विश्वलाई निरन्तर प्रेरणा दिइरहेको बताए ।

वज्रयान बौद्ध राज्यको रूपमा भुटानले आध्यात्मिक र सांस्कृतिक परम्परालाई संरक्षण गर्न नालन्दाको भूमिकालाई सम्मान गर्दै नालन्दासँगको सहकार्य र ऐतिहासिक सम्बन्ध विस्तार हुने बताएका छन् ।

विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री छिरिङ तोब्गे र उनकी पत्नी ओम ताशी डोमा सेप्टेम्बर ३ देखि ६ सम्म भारतको आधिकारिक भ्रमणमा रहने छन् ।

भ्रमण तोब्गेको फेब्रुअरी २० देखि २१ सम्मको भारत भ्रमणपछि भएको हो, जसमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको ‘स्कूल अफ अल्टिमेट लिडरसिप’ को उद्घाटन नेतृत्व सम्मेलनमा भाग लिएका थिए । भ्रमणले भारत र भुटानबिचको सहयोग र सम्बन्धलाई जोड दिएको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

विदेश मन्त्रालयको विज्ञप्तिअनुसार अघिल्लो भ्रमणका क्रममा प्रधानमन्त्री तोब्गेले प्रधानमन्त्री मोदीसँग वार्ता गरेका थिए भने रेलमन्त्री अश्विनी वैष्णव, संसदीय मामिला मन्त्री किरेन रिजिजु, विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा र भारत सरकारका अन्य वरिष्ठ अधिकारीहरूले पनि भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ५ : २५ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका