‘सेनासँग आबद्ध फाउन्डेसन पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक संस्था’ « Khabarhub

‘सेनासँग आबद्ध फाउन्डेसन पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक संस्था’


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको सेनासँग आबद्ध एउटा फाउन्डेसन मुलुककै सबैभन्दा ठूलो व्यापारिक संस्थाको रुपमा स्थापित भएको पाइएको छ । इकोनोमिक पोलिसी एण्ड बिजनेश डेभलपमेन्ट (ईपीबीडी) नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा पाकिस्तानी सेनासँग आबद्ध संस्थाहरुले अर्बौ डलर बराबरको व्यापारिक साम्राज्य विस्तार गरेको उल्लेख गरिएको छ ।

यसमध्ये सेनाको फौजी फाउन्डेसनको कुल सम्पत्तिमात्रै झण्डै ६ अर्ब डलर रहेको छ । त्यसैगरी सेनासँग आबद्ध अन्य नौ संस्थाको सम्पत्ति पनि १ अर्ब डलरभन्दा धेरै छ ।

फौजी फाउन्डेसनको कुल सम्पत्ति ५ अर्ब ९० करोड डलर रहेको उक्त प्रतिवेदनमा जनाइएको छ । पाकिस्तानका ४० भन्दा धेरै व्यापारिक समूहलाई समावेश गरी प्रतिवेदन जारी गरिएको हो ।

‘विदेशी अनुमानहरुले २०२५ मा सेनाको व्यवसायको पदचाप दशौँ अर्ब डलर बराबर रहेको उल्लेख गरेका छन्, गरिबी र आर्थिक संकटको सामना गरिरहेको मुलुकका लागि यो धेरै ठूलो राशि हो ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ । पाकिस्तानी सेनामा आबद्ध फौजी फाउन्डेसन, सैन्य काल्याणकारी कोष र रक्षा आवास प्राधिकरणजस्ता संस्थाले बैंकिङ, कृषि, उत्पादन, घरजग्गा, शिक्षा र खुद्रा व्यापारजस्ता व्यवसाय गर्दै आएको जनाइएको छ ।

यी संस्थाहरुले राज्यबाट कर छुट, राज्य नियन्त्रित जग्गामा सहज पहुँच र नियामक संरक्षण पाउने गरेका छन् । यसले गर्दा यस्ता संस्था सामान्य बजार प्रतिस्पर्धामा अघि रहने गर्छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ९ : १७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक