ड्रुक ग्रिन पावर र अडानी पावरबीचको सम्झौता ऊर्जा सहकार्यमा कोसेढुङ्गा : भुटानी प्रधानमन्त्री « Khabarhub

ड्रुक ग्रिन पावर र अडानी पावरबीचको सम्झौता ऊर्जा सहकार्यमा कोसेढुङ्गा : भुटानी प्रधानमन्त्री


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटानका प्रधानमन्त्री छिरिङ टोब्गेले भुटानको ड्रुक ग्रिन पावर कर्पोरेशन र भारतको अडानी पावर लिमिटेडबीच भएको सम्झौतालाई द्विपक्षीय ऊर्जा सहकार्यमा महत्वपूर्ण कोसेढुङ्गाको संज्ञा दिएका छन् । हालै भारतको अडान पावर कम्पनी र भुटानको ड्रुक ग्रिन पावर कर्पोरेशनले ५ सय ७० मेगावाटको वाङ्छु जलविद्युत परियोजनामा हस्ताक्षर गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री टोब्गेले दुई कम्पनीबीच भएको सम्झौताले द्विपक्षीय हरित ऊर्जा सहकार्यमा महत्वपूर्ण कोसेढुङ्गा थपेको जनाएका हुन् । टोब्गेको भारत भ्रमणका क्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको भारतीय अखबार द स्टेट्सम्यानले जनाएको छ ।

श्रीमती ओम टासी डोमासँगै भारत पुगेका प्रधानमन्त्री टोब्गेले उच्चस्तरीय भेटवार्ता पनि गरेका छन् । उनले भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेको द स्टेट्सम्यानले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ०३ बजे

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले