अरब मुलुकहरुसँग सहकार्य बढाउन भारतको पहल « Khabarhub

अरब मुलुकहरुसँग सहकार्य बढाउन भारतको पहल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले अरब मुलुकहरुसँग सहकार्य बढाउने पहल थालेको छ । भारतीय विदेश मन्त्रालयकी सचिव (दक्षिण) नीना मल्होत्राले अरब मुलुकका राजदूतसँग छलफल गरेकी छिन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसबारे जानकारी दिएका छन् । उनले यस छलफलको उद्देश्य अरब मुलुकहरुसँगको सहकार्यलाई सुदृढ गर्नु रहेको जनाएका छन् ।

यसअघि इजिप्टको राजधानी कायरोमा रहेको भारतीय राजदूतावासले परम्परागत रुपमा भारत र अरब मुलुकबीचको सम्बन्ध मैत्रिपूर्ण र निकट रहेको जनाएको छ । व्यापार, शिक्षार्थी र कूटनीतिज्ञको आदान प्रदानका कारण भारत र अरब मुलुकहरुको सम्बन्ध प्राचीनकालदेखि रहीआएको राजदूतावासको भनाइ छ ।

राजदूतावासले अरब मुलुकहरुलाई भारतले आफ्नो वृहद छिमेकका रुपमा व्यवहार गर्दै आएको पनि उल्लेख गरेको छ । हाल अरब मुलुकहरुमा ९० लाखभन्दा धेरै भारतीय मूलका व्यक्तिहरु बसोबास गरिरहेका छन् ।

अरब मुलुकमा रहेका भारतीयहरुले त्यहाँको प्रगति र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ०४ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्