अरब मुलुकहरुसँग सहकार्य बढाउन भारतको पहल | Khabarhub Khabarhub

अरब मुलुकहरुसँग सहकार्य बढाउन भारतको पहल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले अरब मुलुकहरुसँग सहकार्य बढाउने पहल थालेको छ । भारतीय विदेश मन्त्रालयकी सचिव (दक्षिण) नीना मल्होत्राले अरब मुलुकका राजदूतसँग छलफल गरेकी छिन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसबारे जानकारी दिएका छन् । उनले यस छलफलको उद्देश्य अरब मुलुकहरुसँगको सहकार्यलाई सुदृढ गर्नु रहेको जनाएका छन् ।

यसअघि इजिप्टको राजधानी कायरोमा रहेको भारतीय राजदूतावासले परम्परागत रुपमा भारत र अरब मुलुकबीचको सम्बन्ध मैत्रिपूर्ण र निकट रहेको जनाएको छ । व्यापार, शिक्षार्थी र कूटनीतिज्ञको आदान प्रदानका कारण भारत र अरब मुलुकहरुको सम्बन्ध प्राचीनकालदेखि रहीआएको राजदूतावासको भनाइ छ ।

राजदूतावासले अरब मुलुकहरुलाई भारतले आफ्नो वृहद छिमेकका रुपमा व्यवहार गर्दै आएको पनि उल्लेख गरेको छ । हाल अरब मुलुकहरुमा ९० लाखभन्दा धेरै भारतीय मूलका व्यक्तिहरु बसोबास गरिरहेका छन् ।

अरब मुलुकमा रहेका भारतीयहरुले त्यहाँको प्रगति र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ०४ बजे

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा

काठमाडौं – गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको