चीन-जापान तनाव सङ्गीतमा पनि : साङ्घाईमा जापानी गायिकाको साङ्गीतिक प्रस्तुती बीचैमा रोकियो « Khabarhub

चीन-जापान तनाव सङ्गीतमा पनि : साङ्घाईमा जापानी गायिकाको साङ्गीतिक प्रस्तुती बीचैमा रोकियो


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानसँग तनाव बढिरहेका बेला चिनियाँ अधिकारीले साङ्घाई शहरमा आयोजित जापानी एनिमे गायिका माकी ओत्सुकीको साङ्गीतिक प्रस्तुती बीचैमा रोकेका छन् । जापानी एनिमे सिरिज ‘वान पिस’ को पाश्र्व गीत गाउने ओत्सुकीले बान्डाइ नाम्को नामक प्रदर्शनीमा प्रस्तुती दिइरहेकी थिइन् ।

प्रस्तुती दिँदादिँदै बीचैमा उनलाई रोकिएको उनका प्रतिनिधिले वेबसाइटमा जानकारी दिएका छन् । तीन दिनसम्म उक्त प्रदर्शनीमा विभिन्न कलाकार र साङ्गीतिक समूहले प्रस्तुती दिने तय भएको थियो ।

तर, पहिलो दिन नै उनको प्रस्तुती रोकिएपछि दुई दिनका कार्यक्रम रद्द भएका छन् । जापानबाट प्रकाशित हुने निक्के एशिया रिभ्यूले जनाएअनुसार यस घटनालाई पछिल्लो समय जापान र चीनबीच उत्पन्न विवादसँग जोडेर हेरिएको छ ।

हालै जापानी प्रधानमन्त्री सनाए तकाइचीले ताइवानका विषयमा विवादास्पद बयान दिएपछि चीन क्रुद्ध भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : २४ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात