चिनियाँ मानव अधिकार उल्लङ्घनका घटनाबारे विश्व चुप बसेको डब्लूयूसीको आरोप « Khabarhub

चिनियाँ मानव अधिकार उल्लङ्घनका घटनाबारे विश्व चुप बसेको डब्लूयूसीको आरोप


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व उइग्युर कंग्रेस डब्लूयूसीले चीनले गर्दै आएको मानव अधिकार उल्लङ्घनका घटनाबारे विश्व समुदायले कुनै आवाज नउठाएकोमा चिन्ता व्यक्त गरेको छ । डब्लूयूसीले साप्ताहिक बिफ्रिङ जारी गर्दै चीनले विश्व हरित ऊर्जाको क्षेत्रमा आफूलाई अगुवाका रुपमा परिचित गराएपनि मानव अधिकार उल्लङ्घनका घटनाबारे विश्व समुदाय चुप बसेको जनाएको हो ।

हालै आयोजित कोप ३० जलवायु सम्मेलनमा पनि चीनले कुनै किसिमको प्रश्नको सामना नगरेको डब्लूयूसीले उल्लेख गरेको छ । हरित ऊर्जाको क्षेत्रमा आफ्नो प्रभावलाई सुदृढ बनाउन चीनले बधुँवा मजदुरको प्रयोग र पर्यावरण विनाशलाई जारी नै राखेको डब्लूयूसीको भनाइ छ ।

चीनले सौर्य ब्याट्रीको उत्पादन र विकासका लागि पूर्वी तुर्केस्तान भनिने सिन्जियाङ क्षेत्रमा बधुँवा मजदुरको प्रयोग गरेको र तिब्बतमा पर्यवरणीय विनाश निम्त्याएको डब्लूयूसीको आरोप छ ।

क्यानाडामा आयोजित हेलिफ्याक्स अन्तर्राष्ट्रिय सुरक्षा मञ्चमा डब्लूयूसीका कार्यकारी प्रमुख रुशान अब्बासले उइग्युर नरसंहारको मुद्दा उठाएकी थिइन् । उक्त कार्यक्रममा अमेरिका, क्यानाडा, कोलम्बियाका अधिकारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा