एकतर्फी सडक व्यवस्थाले हाँडीगाउँ क्षेत्रमा सहज « Khabarhub

एकतर्फी सडक व्यवस्थाले हाँडीगाउँ क्षेत्रमा सहज


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका वडा नं ५ हाँडीगाउँ क्षेत्रका केही मार्गहरूलाई एकतर्फी गरिएका छन् ।

अहिले आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जानकारी दिए ।

योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न ट्रान्सपोटेसन एण्ड ट्राफिक टिम बनाएर स्थलगत र सिसिटिभी क्यामराबाट निगरानी भइरहेको छ । यसबाट प्राप्त दृश्य, स्थानीयको प्रतिक्रिया र सवारी आवागमनको घट्दो चाप विश्लेषण गरिएको हो । 

कृष्ण मन्दिर चोक, थटु मार्गमा एकतर्फी हुनुअघि र पछिका तस्बिरले पनि यसबाट सकारात्मक परिणाम प्राप्त भएको देखाउँछ । 

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन वडा नं. ५ ले, भवन व्यवस्था समितिको मिति २०८१ पुस ५ गतेको निर्णयअनुसार मिति २०८१ फागुन ७ गतेबाट एकतर्फी सडक व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

यस्तो छ महानगरको निर्णय

१-  थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग – हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने,

२- विशालनगरतर्फबाट आउने सवारी साधनहरुलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने,

३-  हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरुलाई थटु मार्गतर्फबाट पठाउने,

४- नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरु वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने

५- ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ प्रवेश निषेध

६-वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध

७० बाल मन्दिरतर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १२ : ५७ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष