जलवायु परिवर्तन नेपालको लागि सबैभन्दा गम्भीर चुनौती : सभामुख

सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् ।
उज्बेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका संघको १५०औँ सभालाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको सफल यात्रा तय गरेको उल्लेख गरेका हुन् ।
नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशिताको पूर्ण सुनिश्चितता गरेको उल्लेख गर्दै सभामुखले राष्ट्रका उच्च पदहरूदेखि नीति निर्माण तहसम्म लैंगिक तथा जातीय समावेशिताको ग्यारेन्टी गरिएको तथ्य प्रस्तुत गरे ।
राष्ट्रियसभा सदस्य शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा विजयी
पत्रकार रजकको परिवारलाई देउवाले भने- तीनकुने घटनाका दोषीलाई छोड्न हुँदैन
बिचौलियाको चलखेलमा गभर्नर बनाए नेपालकै लागि दुर्भाग्य : नेता कोइराला
‘वर्तमान सरकारले अर्थतन्त्रसँग मजाक गर्यो, कांग्रेस-एमालेले गठबन्धनको औचित्य पुष्टि गर्न सकेनन्’
जलवायु परिवर्तन नेपालको लागि सबैभन्दा गम्भीर चुनौती : सभामुख
डँडेलो नियन्त्रणमा ठोस योजना बनाएर अगाडि बढिरहेका छौँ : वनमन्त्री
शिक्षकका माग तत्काल सम्बोधन गर्न शेखर कोइरालाको आग्रह
१४ प्रदेशको प्रस्ताव सम्झाउँदै प्रचण्डले भने- जातीय पहिचानमा आधारित राज्यको कुरा छाडेका छैनौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिए ।
उनले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराएका छन् ।
‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौँ । भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,’ अध्यक्ष प्रचण्डले भने ।
प्रचण्डले शिक्षकहरूलाई भने- सरकारले माग पूरा नगरेसम्म काठमाडौं छाडेर नजानुस्
बीपीको सालिकमा मोसो दलिएको घटनामा एमाले महासचिवको आपत्ति
एमाले सुर्खेतको जनसभा : १० हजार बढी सडकमा उतार्ने
तीनकुने घटनाबारे माधव नेपालले भने- अराजक व्यक्ति बोकेर राजतन्त्र पुनर्बहाली गर्ने उद्देश्य पुरा हुँदैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चैत्र १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको बताएका छन् ।
आइतबार काठमाठौंमा नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी)को बागमती प्रदेश भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेस र एमालेको पार्टी कार्यालयमा पर्याप्त सुरक्षाकर्मी तैनाथ गरे पनि आफ्नो पार्टी कार्यालयलाई भने राज्यले सुरक्षा गर्न नसकेकाले चैत्र १५ गते आगजनी र तोडफोड भएको बताएका हुन् ।
आफ्नो कार्यालयमा तोडफोड गर्दै कम्प्युटर, मोबाइलका साथै फाइनसमेत चोरी भएको उनले बताए ।
उनले चैत्र १५ गतेको घटनामा जोडिएका सबैले जिम्मेवारी लिनुपर्ने र दोषीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई उचित क्षतिपूर्ति दिन माग गरे ।
‘ज्ञानेन्द्र, गिरिजाप्रसाद र मैले गणतन्त्रका लागि हस्ताक्षर गरेपछि प्रचण्ड जोडिन आइपुगे’
पुर्खाको चिनोस्वरूप अमूल्य सम्पदाको संरक्षण गर्नुपर्छ : राष्ट्रपति
जनमत र नाउपा एकता : रेशम संरक्षक, सीकेलाई कार्यकारी अध्यक्ष

जनमत पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि हुने पद बाँडफाँडमा सहमति जुटेको छ ।
आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले एकताको टुङ्गो लगाएको हो। बैठकमा एकतापछि नेताहरुको पद, पार्टीको नाम, चुनाव चिन्हमा सहमति जुटेको हो ।
एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई तेस्रो वरीयता दिने गरि सहमति जुटेको नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गा नारायण चौधरीले जानकारी दिए ।
रास्वपालाई एमाले नेता थापाको प्रश्न– ‘न्यायालयको फैसलाविरुद्ध रुवाबासी किन ?’
पहाडबाट बसाइँसराइ दर कम गर्न व्यवस्थित सहरी निति बनाउनुपर्छ : भीम आचार्य
लागूऔषधविरुद्ध धरान : मेयरको ‘सुधारबार’ अभियानले घटेन ओसारपसार र कारोबार

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रत्येक शुक्रबार लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम चलाउँदै आएका छन् । उनले शुक्रबारलाई सुधारबारका रुपमा अभियान नै चलाएका छन् ।
धरानका विभिन्न वडामा नगर प्रमुख साम्पाङले सचेतना कार्यक्रम चलाउँदै आएका छन् । तर लागूऔषध कारोबारी र प्रयोगकर्ता लुकिछिपी बेचबिखनमा लिप्त छन् । नियन्त्रित लागूऔषध समाजका लागि घातक रहेको सचेतना नगर प्रमुख फैलाउँदै हिँड्छन् । तर यो चुनौतीविरुद्ध कसरी लड्ने ठोस कदम पहिल्याउन सकिएको छैन ।
धरानमा प्रहरीले प्रत्येक दिन लागूऔषधसहित प्रयोगकर्ता र बेचबिखनमा संलग्नलाई नियन्त्रणमा लिने गरेको छ । शनिबार र आइतबार लागुऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यो तथ्यले नियन्त्रित लागूऔषधको बढ्दो प्रयोग र बेचबिखनमा नियन्त्रण नभइरहेको अवस्था देखाउँछ । प्रहरीले धरानका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।
नेपाल-चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम वैशाखमा
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
राजा फर्काउन गरिने राप्रपाको आन्दोलनलाई जगमानको समर्थन
काठमाडौंको वायु प्रदूषणको अवस्था गम्भीर भएपछि वातावरणसम्बद्ध संस्थाको विज्ञप्ति

उपत्यकामा धुवाँ फाल्दै कुद्ने सवारीलाई तत्काल रोक लगाउनुपर्ने, धुलो लिएर उपत्यकामा भित्रने सवारीसाधनलाई रोक लगाउनुपर्नेलगायतका सुझाव दिँदै वातावरणसम्बद्ध संस्थाले विज्ञप्ति जारी गरेका छन् ।
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएपछि यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न वातावरणसँग सम्बन्धित विभिन्न संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
प्रदूषणमापन केन्द्रहरूले देखाएको आँकडाअनुसार काठमाडौँको हावा सास फेर्नका लागि अस्वथ्य छ । हाल काठमाडौँको हावामा कार्बन मोनोक्साइड, ब्ल्याक कार्बन, ओजोन तथा मसिना हानिकारक कणहरू (पिएम दुई दशमलव पाँच) को मात्रा धेरै रहेको छ ।
वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न संघसंस्थाले विज्ञप्तिमार्फत् आग्रह गरेका छन् । वातावरणका क्षेत्रमा काम गर्ने संस्थाले वायु प्रदूषण स्तरमा सुधार नहुञ्जेलसम्मका लागि उपत्यकाका विद्यालयहरू बन्द गर्नुपर्ने, फोहोरमैला तथा कृषिजन्य अवशेषहरू जलाउने कार्यमा तत्काल रोक लगाउनुपर्ने, स्वास्थ्य जोखिमबाट जोगिनका लागि मास्क लगाउन अनिवार्य गर्नुपर्नेलगायत सुझाव दिएका छन् ।
संघीयताविरूद्ध जनमोर्चा- सडकमै नाचगान, सडकमै भाषण (तस्बिरहरू)
बिस्केट जात्रा : रथ निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
शिक्षकपछि स्वास्थ्यकर्मी सडकमा, पाउँदैनन् न्यूनतम् पनि तलब (तस्बिरहरू)
सडकको फोहोर आफैं उठाउँछन् आन्दोलित शिक्षक (तस्बिरहरू)

सुट र ढाका टोपीमा सजिएका एक व्यक्तिले फोहोर टिपिररहेको दृश्य देख्दा जोकोहीलाई अनौठो लाग्न सक्छ । आमरुपमा फोहोर संकलन गर्ने मानिस फोहोरी हुने बुझाइ छ ।
तर, विगत चार दिनदेखि काठमाडौंमा आन्दोलित शिक्षकहरू एकातिर सरकारलाई दबाब दिइरहेका छन् भने अर्कातिर सडकमा फ्याँकिएको फोहोर आफैं टिपेर सचेतना पनि फैल्याइरहेका छन् ।
आइतबार पनि बबरमहलको सडकमा कोट पाइन्टमा सजिएका शिक्षक र कुर्ता सुरुवालमा सजिएका शिक्षिकाहरू धमाधम फोहोर टिपिरहेका थिए । शिक्षकहरूले आन्दोलनसँगै सचेतना सन्देश पनि दिने गरी सडकमा आफूले गरेको फोहोर आफैं संकलन गरिरहेका छन् ।
चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी रहँदा शिक्षकहरूले सफाइ अभियान पनि चलाएका छन् ।
सडकमा नारा- कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊँ (तस्बिरहरू)
खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै नवलपरासीका स्थानीय
अमेरिकाले दक्षिण सुडानका राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने, नयाँ भिसा पनि नदिने

अमेरिकाले दक्षिण सुडानको राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने भएको छ । अमेरिकाबाट निष्कासित नागरिकलाई स्वीकार गर्न नमानेको भन्दै अमेरिकाले दक्षिण सुडानको राहदानी लिएर अमेरिकामा बसोबास गर्दै आएका सबै आप्रवासीको भिसा रद्द गर्ने निर्णय गरेको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । उनले आइन्दा दक्षिण सुडानको राहदानी भएका कसैलाई पनि अमेरिकी भिसा नदिने समेत स्पष्ट पारेका छन् ।
‘दक्षिण सुडानको अन्तरिम सरकारले समयमै आफ्ना नागरिकलाई स्वीकार गर्न नमानेको’ भन्दै यस्तो निर्णय गरिएको उनले बताएका छन् । अमेरिकाले पछिल्लो समय हजारौँ आप्रवासीलाई देश निकाला गर्दै आएको छ । यसरी देश निकालामा परेका आफ्ना नागरिकलाई दक्षिण सुडानले फिर्ता लिन नमानेको उनको भनाइ छ ।
उनले दक्षिण सुडानको अन्तरिम सरकारलाई अमेरिकाबाट फाइदा नलिन समेत चेतावनी दिएका छन् । अमेरिकासहित अर्को मुलुकले निष्कासन गरेका आफ्ना नागरिकलाई समयमा नै स्वीकार गर्नु हरेक मुलुकको कर्तव्य हुने उनको भनाइ छ ।
रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट युक्रेनी सरकारी सञ्चार कार्यालयमा क्षति
मोदीले गरे श्रीलङ्कासँगको घनिष्ठ सम्बन्धको प्रशंसा
ट्रम्पका कारण अमेरिकी बजारमा दोहोरिएला ‘ब्ल्याक मण्डे’ को इतिहास ?
ट्रम्प प्रशासनको नीतिविरुद्ध लाखौँ अमेरिकी सडकमा
अमेरिकामा आँधी, १६ जनाको मृत्यु
स्वास्थ्यकर्मी मारिएकोमा इजरायलबाट गल्ती स्वीकार
प्रतिक्रिया