तिलोत्तमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा « Khabarhub

तिलोत्तमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । 

आश्रमको ‘मिसन २०८२’ अभियानअन्तर्गत आज पहिलो सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका घोषणा गरिएको हो । यससँगै अब तिलोत्तमामा कोही पनि बेसहारा, बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्था अन्त्य भएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। 

यसअघि नै प्रदेशमा गण्डकी र कर्णाली तथा जिल्लामा मकवानपुर ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएका छन् भने पालिकामा भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, गोरखा नगरपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिका यस्तो घोषणा भइसकेका छन् । 

आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर वृद्धि गरे मात्र समाज रूपान्तरण गर्न सकिने बताए। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले सबैको सहयोगले यो काम सम्भव भएको बताए। आश्रमका अध्यक्ष अधिकारीले २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी रहेको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री, तिलोत्तमा उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सराकोर भएका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आश्रमको तिलोत्तमा सेवा केन्द्रले हालसम्म ७१७ को उद्धार, ३७२ जनाको पारिवारिक तथा सामुदायिक पुनस्र्थापना गराइसकेको छ । तीमध्ये १२८ जनाको निधन भएको आश्रमको तथ्याङ्कमा उल्लेख छ । हाल तिलोत्तमा सेवा केन्द्रमा १३९ जना आश्रित छन् । 

मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना र शिक्षाको व्यवस्थापन गर्दै आएको छ । आश्रमले हालसम्म मुलुकभरबाट ११ हजार ४३६ जनाको उद्धार गरिसकेको छ र तीमध्ये महिला चार हजार ३४८ र पुरुष सात हजार ८५ जना उद्धार भएका जनाएको छ । 

यस्तै, आजसम्म आश्रमले पाँच हजार ५८२ जना आश्रितलाई सुखद पारिवारिक पुनर्मिलन तथा सामुदायिक पुनःस्थापना गरिसकेको छ । यस अवधिमा  एक हजार ५१२ जनाको निधन भएको आश्रमका अध्यक्ष अधिकारीले बताए।  

आश्रमले मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा गर्न मिसन–२०८२ अभियान सञ्चालन गरिरहेको छ । आश्रमले स्थानीय तह, मुलुकका  सातवटै प्रदेश हुँदै यही वर्षमा सिङ्गो नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गर्ने योजना रहेको जनाएको छ । 

घोषणापश्चात्का क्रियाकलाप कार्यान्वयनलाई प्रभावकारी बनाउने सङ्कल्पसहित हाल सात प्रदेशका २० जिल्लामा २६ वटा सेवा केन्द्रमार्फत ७७ वटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा यस्ता मानवहरूको उद्धार र मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : १५ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने