तिलोत्तमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा | Khabarhub Khabarhub

तिलोत्तमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । 

आश्रमको ‘मिसन २०८२’ अभियानअन्तर्गत आज पहिलो सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका घोषणा गरिएको हो । यससँगै अब तिलोत्तमामा कोही पनि बेसहारा, बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्था अन्त्य भएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। 

यसअघि नै प्रदेशमा गण्डकी र कर्णाली तथा जिल्लामा मकवानपुर ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएका छन् भने पालिकामा भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, गोरखा नगरपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिका यस्तो घोषणा भइसकेका छन् । 

आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर वृद्धि गरे मात्र समाज रूपान्तरण गर्न सकिने बताए। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले सबैको सहयोगले यो काम सम्भव भएको बताए। आश्रमका अध्यक्ष अधिकारीले २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी रहेको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री, तिलोत्तमा उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सराकोर भएका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आश्रमको तिलोत्तमा सेवा केन्द्रले हालसम्म ७१७ को उद्धार, ३७२ जनाको पारिवारिक तथा सामुदायिक पुनस्र्थापना गराइसकेको छ । तीमध्ये १२८ जनाको निधन भएको आश्रमको तथ्याङ्कमा उल्लेख छ । हाल तिलोत्तमा सेवा केन्द्रमा १३९ जना आश्रित छन् । 

मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना र शिक्षाको व्यवस्थापन गर्दै आएको छ । आश्रमले हालसम्म मुलुकभरबाट ११ हजार ४३६ जनाको उद्धार गरिसकेको छ र तीमध्ये महिला चार हजार ३४८ र पुरुष सात हजार ८५ जना उद्धार भएका जनाएको छ । 

यस्तै, आजसम्म आश्रमले पाँच हजार ५८२ जना आश्रितलाई सुखद पारिवारिक पुनर्मिलन तथा सामुदायिक पुनःस्थापना गरिसकेको छ । यस अवधिमा  एक हजार ५१२ जनाको निधन भएको आश्रमका अध्यक्ष अधिकारीले बताए।  

आश्रमले मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा गर्न मिसन–२०८२ अभियान सञ्चालन गरिरहेको छ । आश्रमले स्थानीय तह, मुलुकका  सातवटै प्रदेश हुँदै यही वर्षमा सिङ्गो नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गर्ने योजना रहेको जनाएको छ । 

घोषणापश्चात्का क्रियाकलाप कार्यान्वयनलाई प्रभावकारी बनाउने सङ्कल्पसहित हाल सात प्रदेशका २० जिल्लामा २६ वटा सेवा केन्द्रमार्फत ७७ वटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा यस्ता मानवहरूको उद्धार र मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : १५ बजे

कांग्रेसलाई बाइपास गरेर ओलीले किन भेटे प्रचण्ड ?

काठमाडौं – ०८१ असार ३० पछि प्रधानमन्त्री तथा नेकपा (एमाले)

अध्यादेशको विरोध भूमिहीनलाई जमिन नदिने षड्यन्त्र हो : पोखरेल

धनगढी – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित

पुनःउत्पादित प्लाष्टिकको मानकीकरण चुनौतीपूर्ण : विज्ञ

काठमाडौं – ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानकीकरण चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले

गण्डकीमा बर्सेनि खेर जान्छ सवा दुई करोडको खोप

पोखरा – बालबालिकाको खोपका लागि सरकारले गण्डकी प्रदेशमा मात्र करिब

बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको