चिनियाँ राष्ट्रपति सीसँग ट्रम्पले गरे ९० मिनेट वार्ता : के कुरा भयो ? « Khabarhub

चिनियाँ राष्ट्रपति सीसँग ट्रम्पले गरे ९० मिनेट वार्ता : के कुरा भयो ?


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन वार्ता गरेका छन्।

९० मिनेट लामो फोन वार्तामा दुवै राष्ट्रपतिले एक अर्कालाई आमन्त्रण गरेका छन्। ट्रम्पले यो वार्ता अमेरिका र चीनको कटुता हटाउन महत्त्वपूर्ण रहेको बताए। उनले वार्ताले दुई देशको कटुता हट्ने अपेक्षा गरेका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमा वार्ता सुमधुर रहेको बताए। ट्रम्पले अन्य विश्वव्यापी विषयलाई छाडेर व्यापारको विषयमा नै फोन वार्ता केन्द्रित रहेको उल्लेख गरे।

चिनियाँ विदेश मन्त्रालयले दुवै देशको ‘विन विन’ अवस्था हुने गरी सहमति गर्ने विषयमा वार्ता केन्द्रित भएको बताएको छ। वार्तामा सीले ट्रम्पसँग दुई देशको सम्बन्धमा रहेको खाडल हटाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ०० बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि