डाडागाउँमा ‘एक घर, एक धारा’ « Khabarhub

डाडागाउँमा ‘एक घर, एक धारा’


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।

मालिकाको २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को ५६ लाख एक हजार ३६६ अनुदान तथा उपभोक्ताको २९ लाख १३ हजार १२४ को लागतमा योजना निर्माण भएको हो । 

वडाध्यक्ष मोतिप्रसाद बुढाले सर्वसाधारणका घरमा दुई सय २५, विद्यालयमा चार र सामुदायिक स्वास्थ्य एकाइमा एक निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङ टोलका दुई हजार १९ जनसङ्ख्या लाभान्वित भएका छन् । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको उपभोक्ताले बताएका छन् । खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ६० दिनका दरले श्रमदान गरेका थिए ।

पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङसमेत निर्माण भएको छ । 

बोक्रेमा रहेका तीनवटा मुहानबाट ११ वटा रिजर्भ ट्याङ्कीमा पानी संकलन गरेर वितरण गर्ने संरचना बनाएको नेवा संस्थाका प्राविधिक सुरेन्द्र चन्दले बताए। यस आयोजनाको मुख्य र शाखा पाइपलाइनको दूरी २१ हजार ४६८ मिटर लामो छ ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि