वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको बताएका छन्  । 

काठमाडौं उपत्यका विकास प्राधिकरणले शुक्रबार गोकर्णेश्वर ५, बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने बताए। 

बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उनले बागमतिसहित उपत्यकाका विष्णुमति, धोविखोला लगायतका सबै नदिलाई ढलमुक्त बनाउने गरि काम भइरहेको बताए।

नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । तर, वृक्षरोपण गरेपछि रूख जोगाउने काम अरूले गरिहाल्छन् नी भनेर हुँदैन । रूख जोगाउन र नदीमा जथाभावी फोहोर मिसाउन नदिन स्थानीय समुदायले चासो राख्नुपर्छ उनले भने।

अहिलेको बजेटले पनि उपत्यका नदि स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नति गर्न बजेटमा प्राथमिकता दिएको जानकारी दिए । शहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदि स्वच्छ बनाउन ३ अर्ब ४२ करोड विनियोजन गरेको छ । 

कार्यक्रममा ४० करोड भन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकामा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको भन्दै नगर प्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए ।

कार्यक्रममा सांसद सन्तोष चालिसेले पनि यसपटकको बजेटले उपत्यकाका महत्वपूर्ण योजनालाई प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री सिंहको प्रशंसा गरेका थिए।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : ३९ बजे

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११