नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह « Khabarhub

नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्को चालू अधिवेशनबाटै पारित गर्न सक्ने गरि अघि बढाउन आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नागरिकता सम्बन्धी समाधानका लागि संशोधन विधेयक महत्वपूर्ण भएकाले समितिबाट छिटै विधेयक पारित गर्न आग्रह गरेका हुन् ।

कानूनी समस्याका कारण धेरै युवाहरू नागरिकताविहीन हुनु परेकाले सरकारले सबैको समस्यालाई समाधान गर्ने गरि विधेयक ल्याएको उनले बताए । उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिन थप सहजता प्रदान गर्ने, विदेशमा जन्मेका बाबुको नाम नखुलेको स्थितिलाई सम्बोधन गरिने जिकिर गरे ।

त्यस्तै उनले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिए । समिति सभापति रामहरि खतिवडाले चालू अधिवेशनबाटै विधेयक पारित गर्ने गरि छलफल भइरहेको बताए । अर्को बैठकमा गैरआवासीय नेपालीसँग छलफल गरिने जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : ५८ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले