माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे गगन- अब त्यो अदालतको विषय भइसक्यो | Khabarhub Khabarhub

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे गगन- अब त्यो अदालतको विषय भइसक्यो


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भइसकेको बताएका छन् । उनले यसबारे टिप्पणी नगर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्ने बताए ।

थापाले कांग्रेसको आगामी महाधिवेशनअगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रको सदस्यता नवीकरण एवम् छिनोफानो गर्नुपर्ने बताए ।

कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने बताएका उनले अहिलेको सरकारको सफलताका लागि सम्पूर्ण प्रयत्न गरिएको धारणा राखे ।
महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गर्दै जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : ५८ बजे

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या

एकै दिनमा एक लाखभन्दा धेरैले छाडे काठमाडौं उपत्यका

काठमाडौं- पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु

सिरहामा लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले अनुदानको ४० बोरा डिएपी मल

दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्धको पहिला ब्याटिङ गर्दै, आदिलको पुनरागमन

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो

कस्ता छन् दशैंमा प्रदर्शनरत तीन चलचित्र ?

काठमाडौं- दशैंको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका