प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ, एक पटक देउवाजीसँग छलफल गर्छौँ « Khabarhub

प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ, एक पटक देउवाजीसँग छलफल गर्छौँ


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षमा रहेका दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेका छन् ।

संघीय संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा शुक्रबार बसेको प्रतिपक्षी दलहरूको बैठकले कांग्रेस सभापति देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको हो ।

‘अहिलेका राजनीतिक घटना क्रमको विषयमा प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका सभापतिसँग एकचोटि कुरा गर्नु उचित हुन्छ भन्ने विषय पनि भयो,’ बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो रावजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ थियो ।

‘आज हामी पहिला प्रतिपक्षीहरू बस्यौँ । छानबिन मुख्य कुरा हो, भरपर्दो छानबिनको कुरामा सरकारको प्रतिवद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने कुरा भयो प्रतिपक्षको भयो,’ प्रचण्डले भने ।

उनले सत्तापक्ष छानबिन अगाडि बढाउनेमा सहमत देखिए पनि संसदीय छानबिन समिति, न्यायिक समिति वा अन्य अरू के गर्ने भन्ने विषयमा सहमति भइनसकेको पनि बताए ।

‘सत्तापक्ष छानबिन अगाडि बढाउनेमा सहमतै देखिएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, अहिले संसदीय छानबनि समिति बनाएर जाने या पूर्वन्यायाधीश कसैकोमा न्यायिक समिति बनाएर छानबनि गर्ने या अर्को के गर्ने भन्ने विषयमा सहमति भएको छैन ।’

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ३ : ५८ बजे

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की