एकै व्यक्ति पत्रकारदेखि सरकारी जागिरेसम्म, पाँच ठाउँबाट बुझ्थे तलब-भत्ता, अब चल्यो १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

एकै व्यक्ति पत्रकारदेखि सरकारी जागिरेसम्म, पाँच ठाउँबाट बुझ्थे तलब-भत्ता, अब चल्यो १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई दशकदेखि सरकारी कर्मचारीको हैसियत लुकाएर पत्रकार, बिमा अभिकर्ता र विज्ञापन एजेन्ट भएर दोहोरो-तेहेरो सुविधा लिएको अभियोगमा टीकाप्रसाद भट्टमाथि भ्रष्टाचार मुद्दा चलाइएको छ।

रामेछापको मन्थली नगर विकास समिति रामेछापमा कार्यरत नायब सुब्बा भट्टले एकै पटक सरकारी कर्मचारी, पत्रकार, सहकारी सञ्चालक, बीमा अभिवकर्ता र विज्ञापन एजेन्सीको व्यवस्थापक भएर दोहोरो-तेहोरो सुविधा लिएको पुष्टि भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले रामेछापको मन्थली नगर विकास समितिमा कार्यरत नायब सुब्बा भट्टसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
आयोगका अनुसार भट्टले विभिन्न परिचय र पेशा प्रयोग गरी राज्यकोषबाट १ करोड १५ लाखभन्दा बढीको अवैध लाभ लिएका थिए।

कर्मचारी भएर पनि पत्रकार

भट्टले आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार बताउँदै जिल्ला प्रशासनका विभिन्न कार्यालयहरूमा पहुँच बनाएका थिए। आयोगका अनुसार उनले कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतमा काज, भ्रमण र बैठक भत्ताको रकम असुल गरेका थिए ।

उनी एकैपटक तीनदेखि चारवटा पेसामा संलग्न रहेको खुलेको छ ।

कान्तिपुर पब्लिकेशन लिमिटेडमा स्थायी पत्रकार

मन्थली नगर विकास समितिमा नायब सुब्बा

मिडाड नेपाल नामको विज्ञापन एजेन्सीका स्थानीय प्रतिनिधि

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ता

मन्थली बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष

अख्तियारले भट्टले यी सबै स्थान र कार्यालयबाट दोहोरो-तेहेरो सुविधा लिँदै आएको आरोपसहित भ्रष्टाचार मुद्दा चलाएको हो ।

मापदण्डविपरीत नियुक्ति र बढुवा

अख्तियारका अनुसार भट्टले २०४९ सालमा अस्थायी खरिदार पदमा नियुक्ति लिएका थिए। तर कानुनविपरीत अनिश्चितकालीन म्याद थप गरी २०७० मा नायब सुब्बामा बढुवा लिएको भेटिएकव छ। आयोगका अनुसार उनले बढुवाको लागि आवश्यक प्रक्रिया पूरा नगरेको भेटिएको छ ।

उच्च पदस्थको मिलेमतो

भट्टको कार्यमा सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन प्रमुखहरू र लेखा प्रमुखहरूले सहयोग गरेको अख्तियारले जनाएको छ ।

यस प्रकरणमा उनीहरूलाई समेत मुद्दाको प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरूले ‘जानाजान राज्यलाई क्षति पुग्ने कार्यमा सहयोग गरेको’ बताएको छ।

गैरकानुनी कमिशन र दोहोरो भत्ता

भट्टले विज्ञापन एजेन्सीमार्फत् रामेछापका सरकारी कार्यालयहरूबाट सूचना र विज्ञापन प्रकाशन गराएर कमिशन बटुल्ने गरेको खुलेको छ।

सहकारी संस्थाबाट भत्ता लिने, बीमा कम्पनीबाट कमिशन लिने कार्य गैरकानुनी रूपमा गर्दै आएको अख्तियारले जनाएको छ। यसबापत राज्यलाई एक करोड १५ लाख रुपैयाँ बराबरको क्षति पुगेको अख्तियारको जिकिर छ ।

यस प्रकरणमा अख्तियारले भट्टसहित अन्य ६ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। आयोगले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति राज्यकोषमा फिर्ता गराउन माग गरेको छ।

प्रतिवादीहरू :

टीकाप्रसाद भट्ट – नायब सुब्बा
अमर बहादुर थापा – पूर्व कार्यालय प्रमुख
नारायण प्रसाद भण्डारी – पूर्व कार्यालय प्रमुख
सुरेश कुमार वाग्ले – पूर्व कार्यालय प्रमुख
यमलाल बेलवासे – लेखा प्रमुख
सुरेश प्रसाद दाहाल – लेखा प्रमुख

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ४ : २० बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले