प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित « Khabarhub

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित भएको छ ।  

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्ष दलबीच भएको छलफल निष्कर्षविहीन भएपछि शुक्रबार बोलाइएको बैठक सूचना टाँस गरी जेठ २५ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले सदन सञ्चालन गर्न दिएका छैनन् ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको प्रतिबद्धता आए सदन चल्न दिने प्रस्ताव प्रतिपक्षीले गरे पनि सत्तापक्षले भने 
संवैधानिक निकायले गरिरहेको अनुसन्धानमा अर्को छानबिन समिति गठन आवश्यक नरहेको जवाफ दिँदै आएको छ । 

भिजिट भिसा प्रकरणमा प्रतिपक्षीको अडानका कारण कारण जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ । 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : ०८ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले