प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित भएको छ ।  

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्ष दलबीच भएको छलफल निष्कर्षविहीन भएपछि शुक्रबार बोलाइएको बैठक सूचना टाँस गरी जेठ २५ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले सदन सञ्चालन गर्न दिएका छैनन् ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको प्रतिबद्धता आए सदन चल्न दिने प्रस्ताव प्रतिपक्षीले गरे पनि सत्तापक्षले भने 
संवैधानिक निकायले गरिरहेको अनुसन्धानमा अर्को छानबिन समिति गठन आवश्यक नरहेको जवाफ दिँदै आएको छ । 

भिजिट भिसा प्रकरणमा प्रतिपक्षीको अडानका कारण कारण जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ । 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : ०८ बजे

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती

उदयपुर- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।

करेन्ट लागेर महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ

आशिफ शेख र सन्दीप जोराले अर्धशतक हानेपछि वेस्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या