‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’ « Khabarhub

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था थपिए । साविकको चार गाविस मिलेर बनेको निसीखोला गाउँपालिकामा २०७२ सालअघि जम्मा चारवटा स्वास्थ्यचौकी थिए ।

तत्कालीन गाविसअन्तर्गतका देविस्थान, बोहोरागाउँ, निसी र राजकुत स्वास्थ्यचौकी रहेका निसीखोलामा १० वर्षमा जनतालाई स्वास्थ्यको पहुँच विस्तार गर्दै सातवटा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ केन्द्र थपिएका छन् भने एउटा आधारभूत अस्पताल पनि निर्माणाधीन छ । एक महिनाअघि मात्र निसीखोला–७ स्थित कुँडुलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।

गाउँपालिकाले हालै कुडुँलामा सामुदायिक स्वास्थ्य सेवा एकाइ सञ्चालनमा ल्याएको छ । दूरदराजका नागरिकलाई स्वास्थ्यको पहुँच विस्तार गर्न र सातवटै वडामा स्वास्थ्यको पहुँच विस्तार तथा स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ थपिएको निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखाका कसिन्द्र शाहीले जानकारी दिए ।

साविकको गाविसमा स्वास्थ्यचौकी रहे पनि अन्य सबै वडामा स्वास्थ्य संस्थाका लागि आधारभूत स्वास्थ्य केन्द्र थपिएको र स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेको निसेलढोरजस्ता ठाउँमा चारवटा स्वास्थ्य एकाइ स्थापना गरिएको हो । बोहोरागाउँ स्वास्थ्यचौकीको प्रमुख भएर लामो समय काम गरिसकेका शाहीले स्वास्थ्यकर्मीले उपकरण, प्रयोगशाला अभावमा धामी झाँक्रीले जस्तो नाडी छाम्ने अवस्थाको अन्त्य भएको बताए । उनले प्रयोगशाला अभावमा रोग पत्ता लगाउन समस्या भए पनि अहिले गाउँपालिकाभित्रै तीनवटा प्रयोगशाला स्थापना भइसकेका छन् ।

‘निसीखोलामा स्वास्थ्य क्षेत्रले फड्को मारेको छ, उपकरण, औषधि तथा स्वास्थ्य संस्थाको अभावमा नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ, गाउँपालिका स्थापनापश्चात पालिकाले ठूलो लगानी स्वास्थ्य क्षेत्रमै गरेको छ’, शाहीले भने, ‘प्रयोगशाला अभावमा हातको नाडी छामेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ, सामान्य रोग पालिकाभित्रका तीनवटै प्रयोगशालामा पत्ता लगाउन सकिन्छ ।’

निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरका अनुसार गाउँपालिकामा अहिले ११ स्वास्थ्य संस्था, १७ खोप क्लिनिक तथा ११ गाउँघर क्लिनिक छन् ।

स्वास्थ्यको पहुँच विस्तारमा गाउँपालिकामा २५ स्वास्थ्य क्षेत्रका कर्मचारी करारमा राखेर काम गरिरहेका छन् । गाउँपालिकाभित्र बोहोरागाउँ स्वास्थ्यचौकी, निसीखोला स्वास्थ्यचौकी र राजकुत स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनापछि परीक्षणकै लागि ढोरपाटन नगरपालिकाको बुर्तिबाङ आउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यस्तै विकट गाउँ निसीखोलाका अन्य चार स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । सबैभन्दा विकट गाउँ निसेलढोरका लेवाङ, अर्नाकोट र कुडुलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । सामान्य उपाचारका लागि पालिकाभन्दा बाहिर जानुपर्ने अवस्था अन्त्य भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । (रासस)

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ०१ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी