अर्थसंक्षेप : खल्बलिँदै बजेट चक्र, धरापमा आवधिक लक्ष्य, झिनो अंकले बढ्यो नेप्से र वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीति ल्याइने « Khabarhub

अर्थसंक्षेप : खल्बलिँदै बजेट चक्र, धरापमा आवधिक लक्ष्य, झिनो अंकले बढ्यो नेप्से र वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीति ल्याइने


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ ।

नेप्सेमा सामान्य सुधार देखिँदा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर कारोबार भएको छ ।

आइतबार ८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने रहेको छैन ।

दोधारा-चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदै छ : गृहमन्त्री लेखक

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै

खल्बलिँदै बजेट चक्र, धरापमा आवधिक लक्ष्य

सामान्य आर्थिक हैसियतको निम्नमध्यमवर्गीय एउटा परिवारले दैनिक, मासिक र वार्षिक आय–व्ययको मोटामोटी आकलन पहिले नै गरेको हुन्छ ।

घरमुलीको आयमै निर्भर हुने त्यस्तो परिवारले गर्ने आम्दानी र खर्चको आकलन मोटामोटी मिल्छ पनि ! आउने र जाने धनको हिसाबमा गोलमाल हुँदा त्यस्तो परिवारको आर्थिक र्‍याङठ्याङ नै बिग्रन्छ ।

परिवार र समाजपछिको वृहत्तर इकाइ मानिने राज्यका हकमा वार्षिक बजेट नै आय–व्ययको अनुमान हो । हजारौँ कर्मचारी, सयौँ अर्थशास्त्री र विशेषज्ञ, नेतागण र प्रमाणपत्रधारी कार्यकर्ता सल्लाहकारले घेरिएको सरकारले ल्याउने बजेट सटिक नै हुनुपर्ने हो । कम्तिमा बजेट आकारका हकमा भए पनि ! किनकि बजेट आकार नै सरकारका लक्ष्य र नागरिक आकाङ्क्षा पूरा गर्ने स्रोत हुन् ।

जतिसुकै ठूलो आकारको बजेट ल्याए पनि सरकारले वर्षेनी ८० प्रतिशत हाराहारीमात्र खर्च गर्न सकेको देखिन्छ । अझ विकासका लागि महत्वपूर्ण मानिने पुँजीगत बजेट खर्चमा त बित्याँस नै पार्ने गरेको छ ।

औषतमा हेर्दा पछिल्ला वर्षमा पुँजीगत विनियोजन ६० प्रतिशत हाराहारीमात्र खर्चन सकेको छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा ७६.४९ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ भएको तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजनमध्ये असार २१ सम्म ४७.७६ प्रतिशत (एक खर्ब ६८ अर्ब तीन करोड ५८ लाख रुपैयाँ) मात्र खर्चिएको छ ।

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

सर्लाहीको भुवनेश्वरी दुग्ध सहकारीलाई ‘राष्ट्रिय सहकारी पुरस्कार’

वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीतिलाई अघि बढाउँछौँ : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक क्षेत्रको दिगो विकासका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सबै क्षेत्र वर्ग समुदायलाई समेट्दै माथि उठाउने गरी आर्थिक क्षेत्रको दिगो विकासका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने बताएका हुन् ।

उनले बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न नसकेको उल्लेख गर्दै यस प्रकारका समस्यालाई मौद्रिक नीतिबाट समाधान गरिने स्पष्ट पारे ।

प्रधानमन्त्रीद्वारा बेलिब्रिजको उद्घाटन

सत्र लाख मूल्यको भन्सार छलीको सामान बरामद

टिआईएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँ : पर्यटनमन्त्री पाण्डे

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : २४ बजे

युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक

एजेन्सी– युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार

‘प्राङ्गारिक मलमा अनुदानका लागि सङ्घमा ३५ करोड र प्रदेशमा ११ करोड २४ लाख बजेट प्रस्ताव गरेको छु’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप