आजका समाचार : चीन-भारत दुवैसँग जोडियो कर्णाली, बालेन र पूर्वराष्ट्रपति भण्डारीबीच मन्त्रणा, न्याय खोज्दै आलमपीडित गौरीशंकर र हमास-इजरायल युद्धविराम वार्ता अघि बढ्दै | Khabarhub Khabarhub

आजका समाचार : चीन-भारत दुवैसँग जोडियो कर्णाली, बालेन र पूर्वराष्ट्रपति भण्डारीबीच मन्त्रणा, न्याय खोज्दै आलमपीडित गौरीशंकर र हमास-इजरायल युद्धविराम वार्ता अघि बढ्दै


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

कर्णाली करिडोरलाई चीन-भारतसँगको व्यापारिक मार्गका रूपमा अघि बढाइने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा अघि बढाइने बताएका छन् ।

उनले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापारिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दै लैजाने बताए ।

प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज एक समारोहबीच बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने बताए । उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकामा खुसी व्यक्त गरे ।

प्रधानमन्त्रीद्वारा बेलिब्रिजको उद्घाटन

समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँ : कृषिमन्त्री अधिकारी

वडादेखि केन्द्रसम्मका अधिवेशनलाई समयमै सम्पन्न गर्न क्यालेन्डर बनाउनुपर्छ : सरिता प्रसाईँ

प्राप्त उपलब्धि र अधिकार संस्थागत गर्न कांग्रेसलाई `वेल मेनेज´ गरौँ : प्रकाशमान सिंह

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले समितिमा विधेयकमाथि यसअघि भएका सहमतिलाई कुनै असर नपर्ने गरी शिक्षकहरूसँग छलफल गरी टुङ्गोमा पुराउन सरकारलाई पाँच दिनको समय दिएको हो ।

समिति सभापति अम्मरबहादुर थापाले विधेयकमा रहेका विषयमा सहमति जुटाएर समितिमा जानकारी शिक्षामन्त्रीलाई पाँच दिनको समय दिए । शिक्षा मन्त्री रघुजी पन्तले भने समय नतोक्न आग्रह गरेका थिए ।

तर अनिश्चितकालसम्म बैठक स्थगित गर्दा विधेयक अघि बढ्न नसक्ने देखिएकाले अन्तिम पटकका लागि पाँच दिनको समय दिएको सभापति थापाले बताए ।

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केही बुँदामा शिक्षकहरूसँग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

टिआईएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँ : पर्यटनमन्त्री पाण्डे

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

दोधारा-चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदै छ : गृहमन्त्री लेखक

बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने

नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी ठीक ढंगले चल्न नसकेको बताएका छन्।

ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता केसीले पार्टी संगठन, अनुशासन, भ्रातृसंस्थाको भूमिका र नेताहरूको हस्तक्षेपबारे टिप्पणी गर्दै अब गम्भीर आत्ममूल्यांकनको आवश्यकता रहेको बताए।

केसीले पार्टीको समग्र अवस्था माथि प्रश्न उठाए । २०७९ मा सोलुखुम्बुबाट हारेपछि एमाले उम्मेदवार मानवीर राईलाई पहिलो बधाई आफैंले दिएको बताउँदै उनले पार्टी ठीक ढंगले चलेको छ कि छैन भन्ने समीक्षा अब हुनुपर्ने बताए ।

केसीले २०४८ सालदेखि अहिलेसम्म सातपटक चुनाव लडेको उल्लेख गर्दै भने, ‘अहिले पार्टी सबैभन्दा राम्रो चलेको छ भन्नेहरू छन्, फेरि राम्रो चलेको छैन भन्नेहरू पनि छन्। तर ठ्याक्कै सत्य र तथ्य के हो, त्यो हामीले खुलेर भन्न सक्नुपर्छ।’

कांग्रेस बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्ने बेला भयो

प्रकाशशरणले भने- पुराना दलप्रति जनता निराश छन्, ०८४ मा कांग्रेसलाई गाह्रो पर्न सक्छ

समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छ : सभामुख विष्ट

जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा. महतको जोड

कांग्रेसमा मधु आचार्यको १० बुँदे सुझाव : एमालेसँग सहयात्राको समीक्षा गरौँ, पार्टी कमिटीको कार्यकाल तीन वर्षे बनाऊँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जारी केन्द्रीय कार्यसमिति बैठकमा १० बुँदे कार्ययोजना पेश गरेका छन् ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता आचार्यले पार्टी सुदृढीकरण, संगठनात्मक सुधार, संविधान संशोधन र जनपक्षीय सरकार सञ्चालनका लागि १० बुँदे कार्ययोजना प्रस्तुत गरेका हुन्।

उनले संगठन सुदृढीकरणसँगै पार्टीको वैचारिक, नीतिगत र कार्यशैलीगत रूपान्तरण अपरिहार्य भएको भन्दै कांग्रेसले ‘जनतासँग एकाकार’ हुने अभियान तत्काल सुरू गर्नुपर्ने बताए ।

उनले आगामी १५ औँ महाधिवेशनको कार्यतालिकाको खाका पनि बैठकमा प्रस्तुत गरेका छन् ।

सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनुपर्छ : सभामुख घिमिरे

चन्द्र भण्डारीले भने, ‘सरकार घाँस नकाट्ने गोठालो जस्तै भयो, कांग्रेसलाई ०८४ मा गाह्रो हुन्छ’

प्रहरीको वान्टेड सूचीमा रहेका जसपा नेता यादवले भने- भागेको छैन, छोराको उपचार गराउँदै छु

सर्लाही प्रहरीले वान्टेड सूचीमा राखेका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोक यादवले आफू फरार नरहेको बताएका छन् ।

आइतबार फेसबुक लाइभमार्फत सार्वजनिक रूपमा बोल्दै उनले आफूविरुद्ध लगाइएको आरोपलाई झुटो भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

यादवका अनुसार प्रहरी डाँका शैलीमा उनको घरमा पुगेर छोरामाथि कुटपिट गरेको र छोराको गर्दनको नसासमेत च्यातिएको छ । उनले अहिले छोराको उपचारमा व्यस्त रहेको जानकारी दिए । सञ्चारमाध्यममा आफू फरार भएको भनेर आएका समाचारको पनि उनले खण्डन गरे ।

उनले भने, ‘मैले कुनै अपराध गरेको छैन। म त निमुखा, शोषित, पीडित र विपन्न वर्गका लागि आवाज उठाइरहेको छु । जिल्लामा भइरहेको भ्रष्टाचार, बेथिति र लुटतन्त्रविरुद्ध बोलेको हुँ । त्यसका लागि राज्यले मलाई अपराधी ठान्छ भने म सय वटा मुद्दा खेप्न तयार छु, तर जनताको पक्षमा बोल्न कहिल्यै रोकिन्न ।’

जाजरकोटमा डिभिजन वन कार्यालय प्रमुख कार्यकक्षमै कुटिए 

सत्र लाख मूल्यको भन्सार छलीको सामान बरामद

कञ्चन गाउँपालिकाका पाँच सय परिवारले पाए एकसाथ लालपुर्जा

सहमहामन्त्री परियारले भने- कांग्रेसकै अगुवाइमा संविधान संशोधन थालौँ

पहिलो श्रीमतीले छाडेपछि १६ वर्षीयालाई भगाएका थिए राजेन्द्रले, माइतीले फर्काएपछि लिन पुगेका बेला परिवारै सिद्ध्याए

पहिलो श्रीमतीले छाडेर हिँडेपछि भोजपुरको भोजपुर नगरपालिका- २ का ३० वर्षीय राजेन्द्र राईले आफूभन्दा दोब्बर कान्छीलाई प्रेम फसाएपछिको विवाद बढ्दा चारजनाको ज्यानै जाने अवस्थामा पुगेको खुलेको छ।

शनिबार राति भोजपुरको रामप्रसाद गाउँपालिका–२ धोद्लेखानीस्थित ससुराली घरमा उनले मच्चाएको हत्याकाण्ड पछाडि १६ वर्षीय किशोरीलाई उनले प्रेममा पारेर फसाएको प्रकरण रहेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्रले दोस्रो बिहेका लागि १६ वर्षीया मनिषालाई प्रेममा पारेका थिए । आफूभन्दा दोब्बर कान्छी तथा कानुनले समेत बिहे गर्न बर्जित गरेको उमेरकी केटीलाई प्रेममा पारेर उनले केही महिनाअघि भगाएका थिए ।

‘पहिलेकी श्रीमतीले राजेन्द्रलाई छाडेर हिँडेकी रहिछन्’, उनले भने, ‘त्यसपछि उनले १६ वर्षीया मनिषालाई प्रेममा पारेका छन् । केही महिनाअघि राजेन्द्रले मनिषालाई भगाएर लगेका खुलेको छ। ’

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना 

महालक्ष्मी डिनाको चेतावनी, ‘अनुशासन अभावले कांग्रेस संगठन भद्रगोल भयो, कारबाही नगरे विचलन बढ्छ’

प्रधानमन्त्री ओलीसँग ‘वाकयुद्ध’ गरिरहेका बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारीलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध बिग्रिएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत ल्याउन नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीकै निवास बूढानीलकण्ठको भंगालमा पुगेर बालेन्द्रले करिब आधा घण्टासम्म संवाद गरेको खुलेको छ ।

उक्त भेटघाटको पुष्टि मेयर बालेन्द्रका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले गरेका छन् । ‘मेयर सा’वलाई पूर्वराष्ट्रपतिज्यूबाट बोलावट भएपछि जानु भएको हो’, उनले भने, ‘उहाँहरूबीच पहिलेबाटै राम्रो सम्बन्ध थियो । पुरानै चिनजान पनि भएकाले पूर्वराष्ट्रपतिज्यूले चासो राखेर मेयर सा’वलाई बोलाउनु भएको हो ।’

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने- निर्णय अनुमोदन गरेको हुँ, अनियमितता गरेको छैन

प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम पर्व

गौरीशंकरको गुनासो- आलमका मान्छे अझै धम्क्याइरहेका छन्, बाँच्नै मुस्किल भयो

पहिलो संविधानसभाको निर्वाचनको माहोल चलिरहेका बेला २०६४ चैत २७ गते रौतहटमा एउटा डरलाग्दो घटना भयो ।

भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार रौतहटको राजपुर फरहदवास्थित राजा इँटाभट्टामा काम गर्थे ।

नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इँटाभट्टाका मजदुर उनी त्यस दिन पैसा लिन आलमको घर पुगेका थिए ।

उनले आइतबार काठमाडौंमा उक्त घटनाबारे बताउँदै आफू आलमको घरमा पुग्दा बम बनाउने काम चलिरहेको बताएका छन्।

बमको घाउ बोकेर काठमाडौं आएका गौरीशंकरको गुहार- ‘आलमका मान्छेबाट बचाइदिनुस्’ 

कांग्रेस नेता निधिलाई महासेठले भने- चुनावकै लागि जनतामा भ्रम छर्ने गरी खुरापात नगर्नुस्

विमलेन्द्रको प्रस्ताव : सर्वोच्च अदालत विवादास्पद भयो, अलग्गै संवैधानिक अदालत बनाऊँ

रोशी किनारमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)

गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग पूर्ववत् अवस्थामा आउने कुनै छाँट छैन । रोशी खोलाले सडक नै बगाएका कारण पुनः निर्माणका लागि चार खण्डमा विभाजन गरी ठेक्का प्रकरण अगाडी बढाए पनि काम त्यति अगाडी बढ्न सकेको छैन ।

अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन । ठूलो पानी परेमा बाढी आएर फेरि बाटो बगाउन सक्ने जोखिम छ । ठाउँ ठाउँमा पहिरो खस्ने खतरा पनि उत्तिकै छ ।

घाम लाग्दा बुङबुङती धुलो उड्ने र पानी पर्दा हिलो भएर सवारीसाधन फस्ने समस्या छ ।

वर्षाले जोखिम बढेसँगै अबको एक महिना सो सडकमा साँझको समयमा सवारी साधन चलाउन विशेष समेत गरिएको छ ।

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

वर्षा नभएपछि महोत्तरीमा रोपाइँ प्रभावित, किसानलाई खडेरीको चिन्ता

प्रमुख प्रतिपक्षीसहित छ दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् ।

गत बर्षको डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग र निलम्बन गरेपछि युनलाई अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएको थियो ।

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : २० बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन