चिनियाँ नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग « Khabarhub

चिनियाँ नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको धितोपत्र बजारका लागि सर्वोच्च नियामक निकायका पूर्वप्रमुखमाथि अनुसन्धान भइरहेको भ्रष्टाचार विरोधी अधिकारीहरूले शनिबार बताएका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको बजारमा महिनौंसम्म चलेको उथलपुथलपछि गत वर्षको सुरुमा हुइमानलाई अचानक चिनियाँ सुरक्षा नियमन आयोग (सीएसआरसी) को अध्यक्ष पदबाट हटाइएको थियो ।

देशका दुई शीर्ष भ्रष्टाचार विरोधी निकायले शनिबार एक अनलाइन वक्तव्यमा यीले ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आशङ्का गरिएको’ घोषणा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “६० वर्षीय पूर्व अधिकारीलाई केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय सुपरिवेक्षण आयोगद्वारा अनुशासनात्मक पुनरावलोकन र सुपरिवेक्षण अनुसन्धान भइरहेको छ ।”

चिनियाँ राष्ट्रपति सी चिनफिङले एक दशकअघि सत्तामा आएदेखि नै भ्रष्टाचारविरुद्ध निरन्तर कारबाही गर्दै आएका छन् ।

समर्थकहरूले सरकारको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताएपनि राष्ट्रपति सीका आलोचकहरूले यसलाई चिनियाँ राजनीतिक प्रतिद्वन्द्वीलाई अघि बढ्नबाट रोक्ने वर्तमान् नेतृत्वको चलाखीपनको रूपमा उल्लेख गरेका छन् ।

यो अभियानले देशको विशाल बैङ्किङ तथा वित्तीय क्षेत्रलाई विशेष गरी प्रभावित पारेको छ ।

इन्डस्ट्रियल एण्ड कमर्सियल बैङ्क अफ चाइनाका पूर्व अध्यक्ष यीलाई सन् २०१९ को जनवरीमा सिएसआरसीको उच्च पदमा नियुक्त गरिएको थियो ।

उनले लिउ शियुको उत्तराधिकारीका रूपमा जिम्मेवारी सम्हालेका थिए । लिउमाथि पनि यस्तै अनुशासन उल्लङ्घनको अनुसन्धानका लागि बर्खास्त गरी पदच्युत गरिएको थियो ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ३ : ५३ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका