भारतीय आणविक ऊर्जाका लागि थोरियम प्रविधि भित्रिँदै « Khabarhub

भारतीय आणविक ऊर्जाका लागि थोरियम प्रविधि भित्रिँदै


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा आणविक प्रविधि बिक्री गर्न चाहने एउटा कम्पनीलाई अमेरिकाले निर्यात अनुमति दिएको छ । अमेरिकाले शिकागोमा आधारित रहेको क्लिन कोर थोरियम इनर्जीलाई यस्तो अनुमति दिएको हो ।

एमआईटी टेक्नोलोजी रिभ्यूका अनुसार अमेरिकाले यस्तो अनुमति दिएको दुई दशकमा यो दोस्रो पटक हो । अमेरिकाको यो निर्णयलाई दुई मुलुकबीच निकट साझेदारी अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।

त्यसैगरी, यो सहकार्य युरेनियमको विकल्पका रुपमा थोरियमलाई आणविक भट्टीमा प्रयोग गर्ने दिशामा कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार अब उक्त कम्पनीले उत्पादन गरेका थोरियम ऊर्जा भारतमा रहेका भट्टीका लागि ढुवानी गर्न सकिनेछ । भारतीय नियामक निकायबाट अन्तिम अनुमति पाएपछि क्लिन कोर भारतमा आणविक प्रविधि निर्यात गर्ने पहिलो कम्पनी हुनेछ ।

पछिल्लो समय भारतले आफ्नो आणविक ऊर्जा उद्योगमा अमेरिकाको निजी क्षेत्रलाई प्रोत्साहन गर्न कडा नियम खुकुलो बनाउन थालेको छ । ‘यो अनुमति क्लिन कोरका लागि मात्रै नभइ भारत–अमेरिका नागरिक आणविक साझेदारीका लागि महत्वपूर्ण घटना हो ।’ कम्पनीका प्रमुख कार्यकारी तथा संस्थापक मेहुल शाहले भनेका छन्, ‘यसले विश्वको ऊर्जा रुपान्तरणमा थोरियमलाई केन्द्रमा राख्नेछ ।’

थोरियमलाई लामो समयदेखि युरेनियमको विकल्पका रुपमा हेरिने गरिएको छ । प्रचुरता र कम मात्रै रेडियोधर्मी अवयवहरु तथा प्रत्युत्पादनका कारण यसलाई धेरै रुचाइन्छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ०३ बजे

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश