आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी | Khabarhub Khabarhub

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका छन् । उनी गत मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुगेका थिए ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका थिए ।

उनले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरे।

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम


नेपाली कांग्रेस संस्थापन पक्षको भेला स् विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औँ महाधिवेशन बृहत् दबाबमूलक भेलामा बोल्दै उनीहरूले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रित गर्नुपर्ने समयमा विशेष महाधिवेशन गर्ने प्रस्तावको कुनै औचित्य नभएको बताएका हुन् ।

उनीहरूले केन्द्रमा पहिले नै पदको बाँडफाँड गरेर विशेष महाधिवेशनको प्रस्ताव ल्याएको आरोप समेत लगाएका छन् । कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कांग्रेस एक भएर अघि बढ्नुपर्ने समयमा दुई ध्रुवमा विभाजन हुने अवस्थाको पार्टीले मूल्याङ्कन गर्न जरुरी रहेको बताए ।

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 

नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा

उद्धव थापा भन्छन् : महामन्त्रीद्वयले गलत भाष्य बनाएर कांग्रेसको छवि बिगारे

दीपक खड्का भन्छन् : चुनावअघि महाधिवेशन हुँदैन, आगामी जेठमा गरौँ

नयाँ दलमा विलय भएका माधव नेपालले घनश्याम भुसालसहित ६ जनालाई एकीकृत समाजवादीबाट निकाले

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भइसकेको अवस्थामा माधवकुमार नेपालले ६ जना नेतामाथि कारबाही गरेका छन् ।

नेपालले पार्टी निर्णय उल्लङ्घन गरेको आरोपमा समाजवादी पुनर्गठन अभियान चलाइरहेका महासचिव घनश्याम भुसाल र पूर्व मन्त्री रामकुमारी झाँक्रीसहित ६ जनालाई साधारण सदस्यबाटै निष्कासन गरेका हुन् । बुधबार मात्रै १० दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ।

पार्टी केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै पार्टी विधानको धारा १२१(२) अनुसार उनीहरूलाई पार्टी सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो।

रामकुमारी र किसानले भेटे ओली, आगामी सोमबार ‘घर फर्किने’

प्रधानमन्त्री कार्कीको औकातमा प्रश्न उठाएपछि सामाजिक सञ्जालमा रामकुमारी झाँक्रीको उछितो

ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो

जेन-जी समूहलाई बाबुराम भट्टराईको सुझाव- आन्दोलनलाई संस्थागत गर्नू

निरंकुश र मूर्ख बन्दै गएको राज्यसत्तालाई झकझकाएर जेन-जी आन्दोलनले ठूलो गुन लगायो : विप्लव

लिङ्देनलाई राणाको पत्र : १२ बुँदेको औचित्य सकियो, अब हिन्दु अधिराज्य र राजा फर्काउन लागौँ

रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार पूर्वडीआईजी छविराज जोशीको मुद्दामा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य फाइल झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासले दुवैजनाको मुद्दामा जिल्लाको मिसिल झिकाउन आदेश गरेको हो ।रविले यसअघि आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊ भन्ने निवेदन दिएका थिए । त्यही निवेदनमा सुनुवाइका क्रममा उच्चले यो आदेश दिएको हो ।

मुद्दाको सुनुवाइको क्रममा सुरुमा छविललालका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा न्यायाधीशले मुद्दाको मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएर मात्रै अर्को पेशी चढाउन भनेकाथिए ।

सांसदको काम थिति बसाल्ने हो : उपसभापति वाग्ले

रास्वपा विस्तारित बैठक : चार प्रतिवेदन पेश हुने

बालेनविरुद्ध तीनवटा कसुरमा जाहेरी, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

बाबुरामको बैठकमा पुगे डीपी र जनार्दन

भावना राउतलाई समर्थन गर्दै गृहमन्त्रीलाई सुधनको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
मुग्लिन(नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको छ । सो खण्डमा बिहीबार साझ ५ स् १० बजे पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजनका अनुसार पहिरो पन्छाउन मेसिन सम्बन्धित स्थानतर्फ जाँदै छन् । पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १-२ घण्टा लाग्ने अनुमान गरिएको छ ।

यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न पनि आग्रह गरिएको छ ।

जिल्ला समन्वय समिति अछाममा डेढ महिनादेखि तालाबन्दी

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक ‘लोकप्रियताको परीक्षा’ का रूपमा हेरिएको छ । देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने संकेत गर्ने अपेक्षा गरिएको छ ।

दुई चरणमा सम्पन्न मतदानअन्तर्गत २४३ सिटका लागि बिहारभरका मतदान केन्द्रहरूमा लाखौँ मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । बेरोजगारी, कानून र व्यवस्थाको समस्या तथा मतदाता सूची संशोधनमा देखिएको अनियमितता सम्बन्धी सार्वजनिक असन्तुष्टिका बीच सम्पन्न यो निर्वाचनको परिणाम नोभेम्बर १४ मा सार्वजनिक गरिनेछ ।

परिणामले मोदीको नेतृत्वमा रहेको एनडिएले आफ्नो प्रभुत्व कायम राख्न सक्छ वा शासन र अर्थतन्त्रका प्रश्नमा असन्तुष्ट जनताले विपक्षी गठबन्धनलाई समर्थन जनाउँछन् भन्ने संकेत गर्नेछ ।

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

आरसीबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरु















प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ७ : ५८ बजे

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु

तापक्रम नियन्त्रणमा राख्ने बाचा असफल भयो :महासचिव गुटेर्रेस

बेलेम – विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने

राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप

काठमाडौँ– आर्थिक अनियमितताको आरोपमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत

१९ उपसचिव र ८ अधिकृतको सरुवा, धेरैलाई नगरपालिकामा खटाइयो

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ उपसचिव र