काभा यु–१९ महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो « Khabarhub

काभा यु–१९ महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ ।

कोलोम्बोमा आज भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–७ ले पराजित ग¥र्यो भने दोस्रो सेट २५–१० तथा तेसो सेट २५–११ ले हरायो ।

आजको जितपछि नेपालले तीन खेलबाट सात अङ्क जोडेको छ । यसअघि कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–१ को सेटमा हराएको थियो ।

चार टिम सहभागी यश प्रतियोगितामा सिङ्गल राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि लिग चरणको अङ्क तालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : १५ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि