पाकिस्तानको बलोचिस्तानमा मानव अधिकार उल्लङ्घनका घटना बढ्यो « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा मानव अधिकार उल्लङ्घनका घटना बढ्यो


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा जबरजस्ती बेपत्ता, गैरन्यायिक पक्राउ तथा अज्ञात व्यक्तिको शव फेला पर्ने क्रम बढेको पाइएको छ । यसबाट सो क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना बढिरहेको देखिएको छ ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै द स्टेट्सम्यानले जनाएअनुसार विभिन्न जिल्लाबाट जबरजस्ती बेपत्ता पारिएका घटना, गैरन्यायिक पक्राउ तथा अज्ञात शव फेला पर्ने घटनाका विवरण सार्वजनिक भएका हुन् । समाचारमा जनाइएअनुसार केही दिनअघि पञ्जपुर जिल्लाको साइकी बजारबाट अब्दुल खालिकलाई सुरक्षाकर्मीले बेपत्ता पारेका थिए ।

उनलाई नजिकै रहेको चौकीमा डाकिएको र त्यहीँबाट उनी बेपत्ता भएको जनाइएको छ । त्यसयता परिवारले उनीसँग सम्पर्क गर्न सकेको छैन ।

बलोचिस्तान पोस्टका अनुसार उनलाई अदालतमा उपस्थित गराउन अन्यथा तत्काल रिहा गर्न आफन्तले माग गरेका छन् । त्यसैगरी, हालै तुर्बत र मस्तुङ जिल्लामा दुई अज्ञात व्यक्तिको शव फेला परेको छ ।

प्रहरीले पोस्टमार्टमका लागि उनीहरुको शव नजिकैको अस्पताल पुर्‍याएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : १० बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र