इस्लामिक समूहको दबाबपछि बंगलादेशका प्राथमिक विद्यालयमा सङ्गीत शिक्षक राख्ने योजना रद्द « Khabarhub

इस्लामिक समूहको दबाबपछि बंगलादेशका प्राथमिक विद्यालयमा सङ्गीत शिक्षक राख्ने योजना रद्द


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इस्लामिक समूहले दबाब दिएपछि बंगलादेश सरकारले प्राथमिक विद्यालयमा सङ्गीत शिक्षक राख्ने योजना रद्द गरेको छ । मुसलमान बहुसङ्ख्या रहेको बंगलादेशमा इस्लामिक समूहले सरकारलाई सङ्गीत शिक्षक नराख्न दबाब दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

गत अगस्ट महिनामा प्राथमिक शिक्षासँग सम्बन्धित मन्त्रालयले सङ्गीत शिक्षक नियुक्त गर्न सर्कुलर जारी गरेको थियो । यद्यपि इस्लामिक समूहको दबाबपछि यस निर्णय रद्द गरिएको छ ।

मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले एएफपीलाई जानकारी दिए अनुसार सङ्गीतसँगै शारीरिक शिक्षकको पद पनि खारेज गरिएको छ । यसबारे बंगलादेशको अन्तरिम सरकारले सार्वजनिक टिप्पणी गरिसकेको छैन ।

सरकारले सङ्गीत शिक्षक नियुक्त गर्ने तयारी गरेपछि त्यहाँको प्रभावशाली इस्लामिक समूह जमात ए इस्लामीले चर्को विरोध गरेको थियो । जमातका नेता मिया गोलाम परवारले विद्यालयमा धार्मिक प्रशिक्षार्थीबिना सङ्गीत र नृत्य शिक्षक राख्ने सरकारको निर्णय अस्वीकार्य रहेको बताए ।

सङ्गीत र नृत्य इस्लाम धर्मको विरुद्धमा रहेको भन्दै उक्त संगठनले विरोध जनाएको एएफपीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ५ : ४५ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा