इस्लामिक समूहको दबाबपछि बंगलादेशका प्राथमिक विद्यालयमा सङ्गीत शिक्षक राख्ने योजना रद्द « Khabarhub

इस्लामिक समूहको दबाबपछि बंगलादेशका प्राथमिक विद्यालयमा सङ्गीत शिक्षक राख्ने योजना रद्द


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इस्लामिक समूहले दबाब दिएपछि बंगलादेश सरकारले प्राथमिक विद्यालयमा सङ्गीत शिक्षक राख्ने योजना रद्द गरेको छ । मुसलमान बहुसङ्ख्या रहेको बंगलादेशमा इस्लामिक समूहले सरकारलाई सङ्गीत शिक्षक नराख्न दबाब दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

गत अगस्ट महिनामा प्राथमिक शिक्षासँग सम्बन्धित मन्त्रालयले सङ्गीत शिक्षक नियुक्त गर्न सर्कुलर जारी गरेको थियो । यद्यपि इस्लामिक समूहको दबाबपछि यस निर्णय रद्द गरिएको छ ।

मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले एएफपीलाई जानकारी दिए अनुसार सङ्गीतसँगै शारीरिक शिक्षकको पद पनि खारेज गरिएको छ । यसबारे बंगलादेशको अन्तरिम सरकारले सार्वजनिक टिप्पणी गरिसकेको छैन ।

सरकारले सङ्गीत शिक्षक नियुक्त गर्ने तयारी गरेपछि त्यहाँको प्रभावशाली इस्लामिक समूह जमात ए इस्लामीले चर्को विरोध गरेको थियो । जमातका नेता मिया गोलाम परवारले विद्यालयमा धार्मिक प्रशिक्षार्थीबिना सङ्गीत र नृत्य शिक्षक राख्ने सरकारको निर्णय अस्वीकार्य रहेको बताए ।

सङ्गीत र नृत्य इस्लाम धर्मको विरुद्धमा रहेको भन्दै उक्त संगठनले विरोध जनाएको एएफपीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ५ : ४५ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ