पाकिस्तानको खैबर पख्तुनख्वामा एचआईभी सङ्क्रमितको अवस्था भयावह « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा एचआईभी सङ्क्रमितको अवस्था भयावह


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एचआईभी सङ्क्रमितको अवस्था भयावह रहेको पाइएको छ । खैबर पख्तुनख्वा प्रान्तमा ४० हजारभन्दा धेरै एचआईभी सङक्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।

प्रान्तीय एड्स नियन्त्रण कार्यक्रमका निर्देशक डा. तारिक हयात ताजले यसबारे जानकारी दिए । उनका अनुसार एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च रहेपनि आधिकारिक रुपमा केबल ९ हजार ८ सय जना मात्रै एचआईभी सङ्क्रमित दर्ता भएका छन् ।

एचआईभी र सङ्क्रमितबारे सामाजमा नकारात्मक दृष्टिकोण रहेकाले पनि यसको नियन्त्रण चुनौतिपूर्ण रहेको उनको भनाइ छ । प्रान्तीय स्वास्थ्य अधिकारीका अनुसार हरेक दिन प्रान्तमा १५ देखि २० जना नयाँ एचआईभी सङ्क्रमित देखा पर्ने गरेका छन् ।

असुरक्षित स्वास्थ्य अभ्यास, धामी झाक्री र अन्य पुरातन उपचार पद्दति, गल्ली गल्लीमा खोलिएका अवैधानिक क्लिनिकजस्ता कारणले पनि यसको नियन्त्रणमा समस्या उत्पन्न भएको उनले बताए । त्यसबाहेक असुरक्षित यौन सम्पर्क, निर्मलीकरण नगरी सिरिन्जको प्रयोगजस्ता कारणले यसको एचआईभीको विस्तार भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  २ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा