जनसङ्ख्या बढाउने प्रयास गरिरहेको चीनले गर्भनिरोधक सामग्रीमा कर बढाउने « Khabarhub

जनसङ्ख्या बढाउने प्रयास गरिरहेको चीनले गर्भनिरोधक सामग्रीमा कर बढाउने


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनसङ्ख्या बढाउने प्रयास गरिरहेको चीनले गर्भनिरोधक सामग्रीमा कर बढाउने भएको छ । अब चीनमा कण्डमजस्ता सामानमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने भएको छ ।

नयाँ कर आगामी जनवरी महिनादेखि लागू हुनेछ । यसका लागि चीनले मूल्य अभिवृद्धि करको नियमनै परिवर्तन गरेको छ । यसअघि चीनले एक सन्तान नीतिमा बढि जोड दिएका कारण परिवार नियोजन र जन्म नियन्त्रणका साधनमा ठूलो अनुदान दिँदै आएको थियो ।

ब्लूमबर्गका अनुसार चीनले जन्मदर बढाउन परिवार नियोजनका सामग्रीमा कर वृद्धि गर्नुका साथै परिवार शुरु गर्न चाहनेहरुलाई आर्थिक सहायताका कार्यक्रम पनि अघि सारेको छ ।

नयाँ नियम अनुसार बालबालिकाको हेरचाह गर्ने नर्सरी र शिशु कक्षा सञ्चालन गर्ने शिक्षालयमा लाग्दै आएको कर पनि घटाइनेछ । तीन वर्षयता लगातार चीनको जनसङ्ख्यामा गिरावट आएको छ ।

चीनमा सन् २०२४ मा केबल ९५ लाख ४० हजार बच्चाको जन्म भएको थियो । सन् २०१६ मा यो सङ्ख्या १ करोड ८० लाख रहेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ३ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा