प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा भाइरल

प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले तथानाम गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडिओमा प्रहरीमाथि असन्तुष्टि व्यक्त गर्दै गाउँपालिका अध्यक्ष तथानाम गालीगलोजमा उत्रिएको देखिन्छ ।

दूध किसानलाई प्रहरीले अनावश्यक दुःख दिएको गाउँपालिका अध्यक्ष अन्सारीले आरोप लगाइरहेका छन् । प्रहरीले पैसा असुल्ने काम गरिरहेको उनको आरोप छ ।

‘मेरो राजमा…घुस !’ अगाडि उनले भनेका छन्, ‘ जनता ल्याएर कुटेर…मारिदिन्छु अहिले म…‘पैसा उठाउने यहाँ…कोशीमा…जनतालाई दुःख दिन्छस्, मेरै नून खाएर…मेरै मान्छेलाई दुःख दिन्छ ।’

‘तेल माग्न जान्छ, तेल पनि दिऊँ, घुस माग्न जान्छ घुस पनि दिऊँ ? सबै कुरा दिऊँ…कुनै पुलिसलाई तेलसेल दिन्नँ म,’ थप आक्रामक हुँदै अन्सारीले बोलेका छन्‌, ‘चेक हुँदैन यहाँ, ट्राफिकको काम छैन यहाँ, जाऊ !’

गाउँपालिका अध्यक्ष बोलिरहेको भिडिओमा स्थानीयले समेत ट्राफिकले दुःख दिने गरेको गुनासो गर्दै गरेको सुनिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले गाउँपालिका अध्यक्ष अन्सारीलाई बहादुरको संज्ञा दिएका छन् । भिडिओमा मिश्रित प्रतिक्रिया दिएका अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘जे बोलेको छ – ठीक बोलेको छ’ भनेका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ता प्रतिक्रियामा लेख्छन्, ‘गाली गर्नु गलत हो । म पनि मान्छु यो कुरो । तर ट्राफिकले पनि हद गरेको छ । ओभरलोड भन्दै महिनावारी पैसा लिँदै…कुन चाहिँ गाडीवालाले पैसा कमाएको छ ? पैसा बाँड्दै ठिक्क हुन्छ । त्यो कुरो पनि विचार गर्नुस् । भण्टाबारीबाट इटहरी पुग्नलाई सात ठाउँ चेकिङ हुन्छ । लाइसेन्स चेक बिलबुक चेक भएर…लोड यो के हो ?’

‘त्यसै त बोल्दैन यो मान्छे सारै दुःख दियो कि के हो ?’ एक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

गाउँपालिका अध्यक्ष अन्सारीले पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित कोशी कटानमा रहेको अस्थायी प्रहरी बिट तथा अस्थायी ट्राफिक पोस्टमा पुगेर शुक्रबार दिउँसो प्रहरीलाई ज्यान मार्ने धम्की दिँदै तथानाम गाली गरेका हुन् । सामाजिक सञ्जालमा गाउँपालिका अध्यक्ष अन्सारीलाई ‘कानुनी कारबाही हुन्छ कि हुँदैन ?’ भनी प्रश्न पनि उठेको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडिओ सुरक्षित छ । उक्त भिडिओ सुनसरी डायरी फेसबुक पेजमा प्रकाशित छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ५ : २३ बजे

प्रधानमन्त्रीसँगको भेटपछि ऋचाको प्रतिक्रिया : सानो कदमबाटै विशाल यात्रा सम्भव हुन्छ

काठमाडौं – अभिनेत्री ऋचा शर्माले परिवर्तनको विशाल यात्रा सानो कदमबाट

निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले

झिलिमिलीले चम्किएको धरान

धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय