अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सञ्जोग गुप्तालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । 

आईसीसीका सातौँ सीईओका रूपमा नियुक्त गुप्ता भारतीय सञ्चारमाध्यम, मनोरञ्जन र खेल जगतका परिचित अनुहार हुन् । 

विभिन्न क्षेत्रको दुई दशक लामो अनुभव लिएका गुप्ता यसअघि ‘जियोस्टार’ का ‘सीईओ–स्पोट्र्स’ पदमा कार्यरत थिए । 

‘सञ्जोग गुप्तालाई आईसीसीको सीईयो नियुक्त गरिएको घोषणा गर्दा म खुशी छु,’ आईसीसीका अध्यक्ष जय शाहले भनेका छन्, ‘सञ्जोगसँग खेल र बिजनेसको व्यापक अनुभव छ । जुन आईसीसीका लागि फाइदाजनक हुनेछ ।’ 

गुप्ताले आफना्े करियरको सुरुवात एक पत्रकारका रूपमा गरेका थिए । सन् २०१० मा उनी स्टार इन्डिया (हाल जियोस्टार) मा आवद्ध भएका थिए । गुप्ता सन् २०२४ नोभेम्बर मा जियोस्टार स्पोर्ट्सका सीईओ नियुक्त भएका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : ०० बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको