प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित « Khabarhub

प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउदा शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौं उडानहरू प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञहरू प्राविधिक समस्या समाधान गर्नका लागि सक्रिय रहेको र उडान पुनः सञ्चालन कहिले देखि सुरु हुन्छ भन्ने अझै थाहा हुन सकेको जनाइएको छ ।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा “एटिसी प्रणाली” मा प्राविधिक समस्या आएका कारण आईजीआईएमा उडान सञ्चालनमा ढिलाइ भइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा प्राविधिक टोलीसहित सबै सम्बन्धित निकायहरु समस्यालाई चाँडै समाधान गर्न सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ ।

यात्रुहरूलाई नयाँ उडान अपडेटका लागि आ–आफ्नो सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन सल्लाह दिएको छ । धेरै निजी एयरलाइन्सहरूले पनि उडान सञ्चालनका बारेमा अपडेटहरूका लागि सम्पर्कमा रहन आ–आफ्ना उडानकर्ताहरूलाई सल्लाह दिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : ४६ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ