पाकिस्तानको मुद्रास्फीति बढ्यो « Khabarhub

पाकिस्तानको मुद्रास्फीति बढ्यो


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । अक्टोबर महिनामा पाकिस्तानको मुद्रास्फीति ६.२ प्रतिशत पुगेको त्यहाँको तथ्याङ्क ब्यूरोले जनाएको छ ।

मासिक आधारमा यो १.८ प्रतिशतले वृद्धि हो । हालै आएको बाढी र सीमा क्षेत्रमा आपूर्ति श्रृङ्खलामा उत्पन्न अवरोधका कारण मुद्रास्फीति बढेको ब्यूरोले जनाएको छ ।

हालै पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले महत्वपूर्ण नीति दर ११ प्रतिशतमा कायम राखेको छ । नयाँ आर्थिक वर्षअघि मुद्रास्फीति दर ५ देखि ७ प्रतिशत हुने सम्भावनालाई ध्यानमा राख्दै बैंकले यस्तो निर्णय गरेको समाचार संस्था रोटयटर्सले जनाएको छ ।

गत वर्ष पाकिस्तानको मुद्रास्फीति झण्डै ३० प्रतिशतसम्म पुगेको थियो । केन्द्रीय बैंकले समग्र आर्थिक प्रक्षेपण सकारात्मक रहेको जनाएको छ ।

मजबुत औद्योगिक गतिविधि र कृषि उपजमा वृद्धिलेका कारण अर्थतन्त्र सकारात्मक हुने बैंकले जनाएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : ०३ बजे

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित